साहित्यकार श्रीराम श्रेष्ठ सम्मानित

साहित्यकार श्रीराम श्रेष्ठ सम्मानित

Hollywood Khabar April 08,2022 Comments

नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई “कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार”बाट सम्मानित भएका छन् । श्रेष्ठ दुई दशकदेखि साहित्य क्षेत्रमा सक्रिय रहेका छन् । काभ्रेबाट प्रकाशित अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिकाको नवौं वार्षिकोत्सव अवसरमा श्रेष्ठलाई शनिवार सम्मानित गरेको हो । नेपाली साहित्य र साहित्यिक पत्रकारितामा गरेको योगदानको उच्च मुल्यांकन गर्दै विदुर नपा–२ घर भएका ४६ वर्षिय श्रेष्ठ नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत हुन् ।

साहित्यकार श्रेष्ठलाई शनिबार पनौतीमा अक्षरमार्गको वार्षिकोत्सव समारोहमा  आयोजकको तर्फवाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कमाचार्यले सम्मानित गरेका हुन् ।  आयोजक अक्षरमार्ग पत्रिकाका प्रकाशक सूर्यप्रसाद लाकोजूले कार्यक्रममा श्रेष्ठसहित अन्य सात स्रस्टालाई पनि सम्मान गरिएको वताए । सम्मनित हुनेमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट रोचक घिमिरे, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट गंगा सुवेदी, नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मानबाट डा. शैलेन्दुप्रकाश नेपाल, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट डा. साधना पन्त प्रतिक्षा, ध्रुबमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानबाट डा. विजय पण्डित, भारत, अक्षरमार्ग भरतराज काभ्रेली सम्मानबाट तुयुकाजी ताम्राकार र खड्गबेद अक्षरमार्ग सहयात्रा सम्मानबाट विजयराम कर्माचार्य रहेका छन् । साहित्यकार श्रेष्ठकोे ट्राफिक जाम, जीवन र विज्ञान, जिजिविषामा बाँच्ने मान्छेहरु, चिनारी, नुवाकोटको जनजीवन एक अध्ययन, केराको थाम, अनुभूति अनेक, भूकम्पको चाङ, रुखकटहर, गोरुजुधाई, आत्तिएको सडक, आगोको लप्का लगायतका कृतिहरु प्रकाशित छन् ।

यसअघि उनी बीडी त्यागी साहित्य सम्मान, मातृभूमी साहित्य सम्मान, ज्योति, दाङ साहित्य सम्मान, अन्तर्राष्ट्रिय साहित्य सम्मान, बिष्णुपुष्प साहित्य सम्मान, भानुभक्त आचार्य स्मृति सम्मान, मुरारीदेवी स्मृति सम्मान, भक्तबहादुर घले जनजाती पुरस्कार लगायत दुई दर्जनभन्दा बढी पुरस्कार र साहित्य सम्मानबाट सम्मानित भइसकेका छन् । उनले कविता, हाइकु, ताङका, सिजो, मुक्तक गीत, लघुकथा, समीक्षा, समालोचना, यात्रा स्मरण, निबन्ध, अनुसन्धानमुलक विद्यामा कलम चलाएका छन् ।