सानेपामा कांग्रेस कोइराला पक्षको धर्ना

सानेपामा कांग्रेस कोइराला पक्षको धर्ना

Hollywood Khabar September 27,2022 Comments

नेपाली कांग्रेसको शेखर कोइराला समूहले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै बुधबार १२ बजेदेखि १ बजेसम्म कोइराला पक्षले धर्ना दिएको हो । 

पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सहभागी थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ । शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरिक छलफल पनि गरिरहेको छ ।