एसईईको परीक्षा शुक्रबारदेखि हुने

एसईईको परीक्षा शुक्रबारदेखि हुने

Hollywood Khabar April 17,2022 Comments

गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा  (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षाबोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अर्जुनबहादुुर रायमाझीका अनुसार अहिले जिल्ला स्तरमा परीक्षाका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्य भइरहेको छ । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामग्री सम्बन्धित जिल्लामा पु(याइसकिएको छ । यस वर्ष मुलुकभर दुई हजार सातवटा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । 

सबैभन्दा धेरै केन्द्र काठमाडौँमा रहनेछन्स जहाँ १२० वटा केन्द्र तोकिएको छ । सबैभन्दा कम केन्द्र मनाङमा छन् । मनाङमा एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष पाँच लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्, जसमा नियमिततर्फ चार लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् ।

यसै वर्षदेखि शिक्षा मन्त्रालयले एसईईमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनैपर्ने प्रावधान हटाएको छ । यसै वर्षदेखि मन्त्रालयले सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ । विगतमा सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्ण अङ्कसमेत ल्याउन नसक्ने परीक्षार्थीले पनि प्रयोगात्मकतर्फ उच्च अङ्क ल्याउने गरेको र यसले समग्र नतिजाको ग्रेडिङ गर्दा उच्च स्थानमा पार्न सहयोग पु(याउने गरेको थियो ।