एसईई आगामी चैत दोस्रो हप्तादेखि हुने

एसईई आगामी चैत दोस्रो हप्तादेखि हुने

Hollywood Khabar October 12,2022 Comments

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो ।

कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण ९कक्षा १० को परीक्षाको लागि० कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ । 

कार्यतालिका अनुसार पुरक परीक्षा सञ्चालन २०८० को साउन अन्तिम हप्ता हुनेछ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेसन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका प्रकाशन गर्ने बोर्डले जनाएको छ ।