भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका

Hollywood Khabar October 04,2022 Comments

 प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनले भने, 'उहाँ (प्रधानमन्त्री) ले दसैंमा टीका आफूले पनि लगाउनुभएन र अरुलाई पनि लगाउने कार्यक्रम छैन ।' प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाइदिएका हुन् ।