जिल्लाबासीले नयाँ नेतृत्वको खोजी गरिरहेको छ - सुमन पाण्डे

नुवाकोट जिल्लाबासीले नयाँ नेतृत्वको खोजी गरिरहेको छ:सुमन पाण्डे

Hollywood Khabar October 18,2022 Comments

पुरानो राजनितिक संरचनालाई बिस्थापित गर्ने उदेस्य सहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएका सुमन विक्रम पाण्डे घरदैलो अभियानमा व्यस्त रहनुभएको छ ।

राजनितिक रुपमा नुवाकोट शसक्त जिल्ला भए पनि जिल्लाबासीले नयाँ नेतृत्वको खोजी गरिरहेको महसुस गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई चुनावी गतिविधिलाई तिब्र बनाइरहेको उहाँले बताउनुभएको छ । उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार भई बसेका युवाहरु मार्फत विकासात्मक कार्यहरु सञ्चालन गर्ने अवसर प्रदान गरी मानवीय आर्थिक विकास गराउनको लागि आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभएको छ ।

पर्यटन व्यवसायमा ३३ वर्ष बिताइसक्नुभएको उहाँले  जीवनको उत्तार्धमा राजनिती मार्फत आर्थिक, सामाजिक, पर्यटन, सास्कृतिक, कृषि, स्वास्थ्य, शिक्षा लगायत नुवाकोटको समग्र विकासको लागि निर्वाचनलाई माध्यम बनाएको बताउनुभएको छ । युवाहरुलाई साथमा लिएर रोजगारीको अवसर सिर्जना गर्न सक्ने, उनीहरुको क्षमताको विकास गर्न सक्ने, राष्ट्र निर्माणमा संलग्नता गराउन सक्ने क्षमता र प्रतिबद्धताको साथ मतदाताको माझ सहभागी भइरहेको उहाँको भनाई छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेको सञ्जाललाई ग्रामीण जनजीवनको साथै समग्र नुवाकोटको विकासको लागि सहभागी गराउने समेत उहाँको प्रतिवबद्धता रहेको छ । आफ्नो पेशा व्यवसाय सञ्चालनको लागि आवस्यक टिम तथा जनशक्ति पूर्णमात्रमा रहेकोले बाँकी जीवन राजनितीमा व्यतित गर्ने उद्घोष सहित मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको उहाँले बताउनुभएको छ । 

अन्य राजनैतिक दलको जस्तो ठूलो झुण्ड र सवारी सधानको व्यापक प्रयोग नगरी उम्मेदवार आफै मोटरसाइकल चलाएर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सुमन विक्रम पाण्डे मतदाताको घरदैलोमा पुगिरहनुभएको छ । उहाँको उम्मेदवारीसँगै उम्मेदवारले मतदाता नभई मतदाताले उम्मेदवार खोज्ने सस्कृतिको विकास भएको छ ।