गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

Hollywood Khabar December 29,2022 Comments

आज पुस १५, गुरुङ समुदायले शुक्रबार हर्षोल्लासको साथ तमु ल्होसार पर्व मनाउँदैछन् । गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसैगरी, राजधानी तथा देशका अन्य स्थानमा बस्ने गुरुङ समुदायले पनि तमु ल्होसार पर्व मनाउदैछन् । यस्तै, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् ।

चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । यस पटक ‘तो ल्हो’ अर्थात बाघ वर्गको बिदाई गरी ‘हि ल्हो’ अर्थात बिरालो वर्गको वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाइने छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने पर्वको रुपमा मनाउन गरिन्छ । पुस १५ सबैभन्दा छोटो दिन र रात सबैभन्दा लामो हुने विश्वास पनि रहेको छ । यसैबीच, सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।