थानापती स्वास्थ्य चौकीको पक्कि भवन निर्माण कार्य सुरु

थानापती स्वास्थ्य चौकीको पक्कि भवन निर्माण कार्य सुरु

Hollywood Khabar October 25,2021 Comments

शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको थानापती स्वास्थ्य चौकीको पक्कि भवन निर्माण कार्य सुरु भएको छ । भारतीय राजदुतावासको आर्थिक सहयोगमा थानापती स्वास्थ्य चौकीको भवन निर्माण गर्न लागिएको हो । विनासकारी भूकम्प प्रश्चात प्रि–फ्याक भवन मार्फत सेवा प्रवाह गर्दै आइरहेको स्वास्थ्य चौकीको भवन असार मसान्त सम्ममा सक्ने गरी निर्माण कार्य सुरु भएको भएको हो ।

स्थानीय मिननाथ पाण्डेले निशुल्क उपलव्ध गराउनुभएको २० आना जग्गामा बन्न लागेको स्वास्थ्य चौकी निर्माण गर्नलाई २ करोड ७ लाख रुपैयाँमा निर्माण कम्पनीले सम्झौता गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिनुभएको छ । उहाँको अनुसार १२ कोठे पक्कि भवन बनाउन लागिएको हो । स्वास्थ्य चौकीको भवन शिलान्यास कार्यक्रमलार्य संवोधन गर्नुहसदै गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले श्रोत र साधनको अभावकै बिच पनि विभिन्न दाताहरुको सहयोगमा गाउँपालिकाभित्रका सबै नागरिकहरु समक्ष स्वास्थ्य सेवा पुराइरहेको बताए ।

सेवाग्राीहलाई गुणस्तरीय सेवा प्रवाह गर्न गाउँपालिकाले भौतिक संरचना निर्माणलाई विशेष प्राथमिकता दिइरहेको बताउनुहुदै गाउँपालिकाका अध्यक्ष थापाले सिंगो पालिका भित्रको स्वास्थ्य क्षेत्र सुधार गर्नलाई तल्लिन रहेको उनले बताए । एमविविएस डाक्टर सहितको संलग्नतामा सामुदायिक अस्पताल मार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेको शिवपुरी गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण भइरहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नलाई अग्रपंतीमा रहेर स्वास्थ्यकर्मीले पुराएको योगदानलाई गाउँपालिकाले विशेष कदर गरिने गाउँपालिकाका अध्यक्ष थापाले प्रतिवद्धता समेत जनाएका छन् । 
 

शिवपुरी गाउँपालिकाले हाल ११ वटा स्वास्थ्य सस्थाबाट सेवा प्रवाह गरिरहेको छ । पालिकाको ८ वटै वडामा स्वास्थ्य चौकी, वडा नम्बर ५ मा आधारभूत अस्पताल, वडा नम्बर १ मा तलाखु ग्रामिण सामुदायिक स्वास्थ्य ईकाइ  र वडा नम्बर ६ समुन्द्रादेबीमा गुर्जे ग्रामिण सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालन भइरहेको स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले बताउनुभएको छ । पालिका भित्रको ११ वटा स्वास्थ्य संस्था मध्ये ७ वटाले पक्की र ४ वटाले प्रि फ्याक भबनबाट सेवा दिइरहेको छ ।

यस्तै वडा नम्बर ८ को थानापति र बडा नम्बर ३ को सल्लेमैदान स्वास्थ्य चौकीको चालु आर्थिक वर्षमा नै भवन निर्माण सम्पन्न हुनेछ । त्यस पश्चात तलाखु ग्रामिण सामुदायीक स्वास्थ्य ईकाई र समुन्द्रादेबी स्वास्थ्य चौकीको पक्कि भबन बन्न बाकी रहने स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिए ।