दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसनले पोखरामा अन्तराष्ट्रियस्तरको सांस्कृतिक महोत्सव गर्ने

दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसनले पोखरामा अन्तराष्ट्रियस्तरको सांस्कृतिक महोत्सव गर्ने

Hollywood Khabar January 03,2022 Comments

काठमाडौं (जस)– ‘दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन’ले सन् २०२३ मा पोखरामा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव अर्थात नेपाल फेस्टिबल गर्ने तयारी सुरु गरेको छ । पोखरामा दुई हप्ता आयोजना हुने उक्त महोत्सवमा विश्वका ८० देशका गायक गायिका, ब्याण्ड, मोडल तथा सर्कसहरुका साथमा स्टलहरु सहित प्रस्तुत गरिने दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले बताए ।

दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष डम्बर बरुवाल सलिनले यस कार्यक्रमका लागि नेपालमा २ वटा अडिसन सम्पन्न भइसकेको र अन्य तयारी तीब्र गतिमा अगाडि बढिरहेको बताए। उक्त कार्यक्रमका लागी पोखरामा ३४ रोपनी जग्गाको लागी पर्यटन तथा नागरिक उड़डयन मन्त्रालयसँग एक चरणको सहमति भएको बरुवालले बताए ।

गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड़डयन मन्त्री मणिभद्र शर्माले उक्त कार्यक्रम आयोजना गर्न लागेकोमा आयोजक दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरिया र नेपाल च्याप्टरलाई बिशेष धन्यवाद ब्यक्त गरेका छन । मन्त्री शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको बिकास हुनुका साथै कोरोनापछि बिश्वमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुने बताएका छन ।

नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृति एक आपसमा आदान प्रदान गरि आपसी सदभाव साँस्कृतिक प्रवद्र्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याई नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजक टिमको दाबी छ । यो कार्यक्रमका लागि विभागिय मन्त्रालय, नेपाल पर्यटन बोर्डलगायतका निकायहरुबाट कानूनी मान्यता लिने प्रकृया भइरहेको नेपालका आयोजक बरुवालले बताए । यो कार्यक्रम गर्नको लागी धेरै ठुलो बजेट आवश्यक पर्ने भएकोले आर्थिक व्यवस्थापन, राष्ट्रिय, अन्तराष्ट्रिय कलाकारहरुको सुरक्षा तथा लजिस्टिकका लागि समेत आयोजकले बिभिन्न क्षेत्रमा पहल गरिरहेका छन ।

दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनका हजुरबुबा, बुबादेखि तिन पुस्ताले निरन्तर यस्ता ईभेन्टहरु आयोजना गर्दै आईरहेका छन । पहिला पनि यो समुहले रसिया, टर्की, फिलीपिन्स, ब्राजिललगायतका देशमा भब्य तवरले यस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ ।

उक्त कार्यक्रममार्फत हजारौ पर्यटक भित्रने दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले बताए।उनले अबको आफ्नो कार्यक्रम सुन्दर देश नेपालको पोखरामा हुन लागेकाले सबैलाई सहयोग गरि कार्यक्रम सभ्य र भब्य बनाई सम्पन्न गर्न आग्रह गरे । जिमीनले उक्त कार्यक्रमले नेपाल र कोरियाबिचको सम्बन्ध अझै बढ़दै जाने र नेपालमा पर्यटक बृद्धि हुने बताए ।