राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

Hollywood Khabar July 03,2022 Comments

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव हुनुहुन्छ ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएर तीनजना नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा  राष्ट्रपतिले सोमबार नै तीनलाई मन्त्री पदमा नियुक्ति गर्नुभएको हो । यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

सोमबार नै राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।