यस वर्षको तिहारमा १५ करोड २० लाख रुपैयाँ बराबरको माला बिक्री

यस वर्षको तिहारमा १५ करोड २० लाख रुपैयाँ बराबरको माला बिक्री

Hollywood Khabar November 06,2021 Comments

यस वर्षको तिहार पर्वमा १५ करोड २० लाख रुपैयाँ बराबरको माला बिक्री भएको छ । तिहारमा नेपालमै उत्पादन भएका १५ करोड २० लाख ७५ हजार रुपैयाँको माला बिक्री भएको फ्लोरिकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ । यसमध्ये सयपत्री फूलका १८ लाख १५ हजार वटा माला १२ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् ।

यस्तै मखमलीका तीन लाख पाँच हजार माला एक करोड ६७ लाख रुपैयाँमा, गोदावरी फूलका १५ हजार माला ५२ लाख रुपैयाँमा र मखमलीका एक लाख वटा माला ३० लाख रुपैयाँमा नेपाल बाहिर निर्यात भएका छन् ।अघिल्लो वर्षको तिहारमा झन्डै १६ लाख वटा मालाको मात्रै कारोबार भएकोमा यो वर्ष २१ लाख ३५ हजार वटा मालाको कारोबार भएको तथ्याङ्क प्राप्त भएको फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ । सयपत्री फूलको प्रति माला ६० देखि ८० रुपैयाँसम्म र मखमली फूलको प्रति माला ४० देखि ७० रुपैयाँसम्म बजारमा कारोबार भएको पाइएको छ ।

मौसम प्रतिकूलताका कारण उत्पादनमा कमी आएकाले सयपत्री फूलको मालाको ८५ प्रतिशत माग नेपालमै उत्पादित फूलले परिपूर्ति भएको र १५ प्रतिशत आयात भएको एसोसिएशनले जनाएको छ । गैरपुष्प व्यवसायीहरूबाट समन्वयविना नै तिहार सुरु हुनु १५/२० दिन अघि नै ठूलो मात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी ुकोल्ड स्टोरु मा भण्डारण गरेका कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको झन्डै ३० प्रतिशत ओगटेको तथ्याङ्क रहेको छ । भारतीय मालाका कारण १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पुष्प उत्पादक व्यवसायीहरूको गुनासो रहेको छ ।