राष्ट्रिय महिला आयोगका पदाधिकारी र यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिले एकल महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयमा जोड दिएका छन् । आयोगले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले समयसापेक्ष कानूनको निर्माण र त्यसको कार्यान्वयनको आवश्यकता औँल्याएका हुन् ।
आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले एकल महिलाले विगतदेखि भोग्दै आएको हिंसाले अझै निरन्तरता पाएकाले अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । एकल महिलाले समाज, परिवारमा भोग्दैै आएको विभेदले अझै हाम्रो समाजमा पुरातन सोचमा परिवर्तन नआएको उहाँको भनाइ थियो ।
अध्यक्ष पराजुलीले समानताका लागि बनाइएका कानून कार्यान्वयन गराउँदा एकल भएकै आधारमा महिलामाथि विभेद हटाउन सकिने बताउनुभयो । आयोगका सदस्य कृष्णकुमारी खतिवडाले एकल महिलमाथि हिंसा जारी रहनु दुःखद् भएको बताउनुभयो ।
उहाँले एकल महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । एकल महिला समूहकी अध्यक्ष कविता पाण्डेले एकल महिला सम्पत्ति र स्वतन्त्रताको अधिकार प्रयोग गर्नबाट बञ्चित भएको धारणा राख्नुभयो ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु