एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति

Hollywood Khabar April 12,2022 Comments

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा भएको कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने समहति भएको हो ।

एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठबीच पाँचबुँदे सहमति भएको हो । देशभरिमा तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गेरे उम्मेदवार उठाउने सहमति भएको छ ।

राप्रपा नेपालले उम्मेदवार नभएका ठाउँहरुमा नेकपा एमालेका उम्मेदवार सघाउने र नेकपा एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने समहति भएको छ । त्यस्तै, राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरु निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आबद्ध रहेन र हस्ताक्षरकर्ताले सहमति कार्यान्वयनका लागि आ–आफ्ना पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने सहमति भएको छ ।