आमा आफ्नो बालापन छदैं
वैशालु ति मनलाई
बाँधेर गोठभित्रै अनि बारीका पाटाहरु
र खेतका टङ्गिन अनि गराहरुमा
एउटा सुनौलो भविश्यको सपना
नौ महिना गर्भमा लिएर
दश नङ्ग्रा खियाउँदै
पसिना काँढेर
त्यो सपना साकार पार्न लागिरह्यौ
दिन रात नभनी
आफ्नो शरिरका थोपाथोपा रगतले
अमूल्य रत्न बनायौ मलाई
आफु भोकै बसेर
सदा खुवायौ मलाई
जीवनसंग अनि भोक र गरिबीसंग
लड्न सक्ने एक योद्धा जन्मायौ
आम जनतालाई न्याय दिलाउन सदा लागिरहने
न्यायका अभियन्ता जन्मायौ
अन्याय र अत्याचार बिरुद्ध
अनि अनियमितता र भ्रष्टाचार बिरुद्ध
लड्न हिम्मत गर्ने सपुत जन्मायौ
सदाचार र सुशासनका लागि
जस्तोसुकै युद्ध छेड्न पछि नपर्ने
एक अभियन्ता एक योद्धा जन्माउने
तिमी मेरी आमा
मात्र मेरी आमा
आज ति मेरी महान आमा प्रति
अनि उनी जस्तै सारा आमाहरुप्रति
सादर ढोग अनि साष्टाङ्ग दण्डवत्
ती पूजनिय आमाहरुका चरणकमलमा
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु