-Bal Kumari Ghimire

अन्तरे सोल्टी सुसेली हाल्छ थुम्कामा बसेर

Hollywood Khabar September 24,2022 Comments

-गीत-बालकुमारी घिमिरे, गजलिका, सेप्टेम्बर २५, २०२२

 

तराई तिर पाहाकिला फाँट माथि छ हिमाल

पहरा छाँगा नाँगी र चउर क्या राम्रो नेपाल

 

चउरमा चर्छन् गाई र भैंसी बाख्रालाई भिर छ

सुन्न्दर शान्त सगरमाथा यहीँ हाम्रो शिर छ

अन्तरे सोल्टी सुसेली हाल्छ थुम्कामा बसेर

दोहोरी खेल्छन् ठिटा र ठिटी रोधी घर गएर।

 

तराई तिर पाहाकिला फाँट माथि छ हिमाल

पहरा छाँगा नाँगी र चउर क्या राम्रो नेपाल।

 

दुधेरो बोकी गोठालो गयो चौरी गाई दुनलाई

सिलोक भन्दै हालेर भाका क्या दामी सुन्नलाई

घार्र र घुर्र मोही पारी झिको बिर्खेले हातमा घ्यु

बटुको थाप्दै भन्दै छ साहिँलो चाखौंन सोल्टी ज्यु।
 

तराई तिर पाहाकिला फाँट माथि छ हिमाल

पहरा छाँगा नाँगी र चउर क्या राम्रो नेपाल

बालकुमारी घिमिरेका अरु फुटकर साहित्य

गद्य कविता-तीज!

नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत