-एनआरएनए एनसीसी अमेरिका:डा बन्जाडेद्धारा अध्यक्षका लागि उम्मेद्वारी घोषणा

एनआरएनए एनसीसी अमेरिका:डा बन्जाडेद्धारा अध्यक्षका लागि उम्मेद्वारी घोषणा

Hollywood Khabar March 14,2021 Comments

हलिउडखबर, मार्च १४, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेले अध्यक्ष पदकालाइ उम्मेदवारी घोषणा गर्नुभएको छ। टेक्सस राज्यमा बस्दै आउनु भएका एनआरएनए एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा बन्जाडेले मार्च १४, २०२१ आइतबार आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो।

हल र जुमहल दुवै रुपमा समन्वय पर्दै आयोजना गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष डा बन्जाडेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचनमा आफूले अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको हो।

नेपालको अर्घाखाँची जिल्लामा जन्मिएर गाउँकै सरकारी सरस्वती माध्यमिक विध्यालयबाट SLC गरी Amrit Science College काठमाण्डौ बाट ISc र Tri-Chandra Campus बाट BSc गरी काठमान्डौ किर्तिपुर अवस्थित Central Department of Population Studies बाट Masters डिग्री पुरा गर्नु भएको हो। नेपालमा पढाई गर्दागर्दै New ERA संस्थामा काम, रत्न राज्य लक्ष्मी क्याम्पसमा उप-प्राध्यापक, काठ्माण्डौको Johns Hopkins University को Office Consultant लगायतको काम गर्नुभएको हो।

१९९८ मा Ohio University मा Masters डिग्री अध्ययन गर्न अमेरिका आएको र MA अध्ययन पुरा भएपछि सोही University बाट Mass Communication मा PhD अध्ययन पुरा गर्नुभएको हो।

नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक सदस्य, सेप्टेम्बर २, २००७ मा Hartford, Connecticut मा भएको अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित समेत हुनुभएको हो। पछि कोषाध्यक्ष, खगेन्द्र जीसी को नेतृत्वमा गठित एकता अधिवेशन समितिको सदस्य-सचिव समेत हुनुहुन्थ्यो। जनसम्पर्क समिति अमेरिकाको तर्फबाट नेपाली काँग्रेस पार्टीको महाअधिवेशन प्रतिनिधि पनि हुनुभएको हो।

यसबाहेक US-Nepal Policy Research Center समेत स्थापनाकाल देखि हुनुहुन्छ। हाल उहाँ टेकससको Tarrant County College मा Director of State Reporting को रूपमा कार्यरत हुनुहुन्छ। बरिष्ठ उपाध्यक्ष डा बन्जाडे एनआरएनए एनसीसी अमेरिकाको वर्तमान बरिष्ठ उपाध्यक्ष र २०१७-२०१९ को बोर्ड सदस्य हुनुहुन्थ्यो।

उम्मेदवारी घोषाणामा आफ्ना महत्वपूर्ण योजनाहरुको हाइलाइट गर्दै उहाँले संघको सदस्यता प्रणालीमा नयाँ बिधि, सूचना प्रणाली, गैरआवासीय नेपाली नागरिकता, नेपालीहरुको राजनैतिक फोरम, ग्रुप इन्सुरेन्स जस्ता कुराहरु रहेको जानकारी दिनुभयो। उसो त २०१९ मा आफूले उम्मेदवार हुँदैगर्दा गरिएका योजना नै धेरै हदसम्म पुरा भएका र तिनै योजनालाई केहि परिमार्जन र थपघट गर्दै यो पटकको लागि पस्किएको कुरा बरिष्ठ उपाध्यक्ष डा बन्जाडेले बताउनु भयो।