साङ्केतिक तस्बिर:साभार वेब

काकी बलात्कार गर्ने भतिज पक्राउ

Hollywood Khabar September 09,2019 Comments

२४ भाद्र पाँचथर।पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय सुमन केरुङ पक्राउ परेका हुन्।गएको शनिबार रातको समयमा काकीको कोठामा गएर मोबाइलको फोटो देखाउने बहाना गर्दै काकीलाई जवरजस्ती करणी गरेर ती युवक फरार भएको पाँचथर प्रहरीले जनाएको छ।

पीडितको उजुरीको आधारमा खोजी गर्दा युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।पक्राउ परेका युवकमाथि जवरजस्ती करणी मुद्धा अन्तर्गत जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक विष्णु खड्काले बताउनुभयो।पाँचथरमा साउनयता मात्र ४ ओटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।