खै के गर्छन् गर्छन् यहाँ मन बिथोल्नेहरुले
वाचा कसम निकै खान्छन् झुटो बोल्नेहरुले ।
,,,
अब पक्कै बाँच्दैनन् यि निमुखा र सोझाहरु
भान्साघरमा ठाउँ पाए विष घोल्नेहरुले ।
,,,
तराजुमा जोखिन्छ मान मर्यादा सबै कुरा
त्यही भएर ठाउँ पाए लुगा खोल्नेहरुले ।
,,,
चापलुसीमै जब संसार चल्न थालेपछि
सफलता क्यै पाएनन् जोखिम मोल्नेहरुले ।
,,,
परदेशमा दिनरात सम्झनामै बित्छन्
सम्झेनन् खै दिनरात मन पिरोल्नेहरुले ।
-गणेश प्रसाद पौडेल " बहुरुपी "
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु