-Bal Kumari Ghimire

विराग

Hollywood Khabar October 24,2022 Comments

-बालकुमारी घिमिरे, गजलिका, अक्टुवर २५, २०२२

 

भन्न मन थिएन तर आँट गरें मैले

कटुवचन घेरै सहियो भाइ नहुँदा पैले

 

अपुताली खलक आयो भन्नी गर्थे हेला

सम्झिँदा नै मुटु दुख्छ चसक चसक ऐले

 

छिमेकमा माइतीचेली रमाउँथे तिहारमा

आफ्नो भने सयपत्री ओइली झर्थ्यो जैले

 

आफन्तमा दाजुभाइ नभएका हैनन् तर

मान्न जाँदा भन्थे खै के ल्याइस देखा तैंले?

 

छन् दुई भाइ घरमा म छु विदेश आज

यही परिस्थितिमा खै भेट होला र कैले?

बालकुमारी घिमिरेका साहित्य रचनाहरु

राग विराग

गजल:खलिल मुरब्बा

दायाँ छ खोला बायाँ छ खोला बिचमा जिन्दगी

कोपिला डाली

विराग

गद्य कविता-तीज!

नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत