गायक आवेश कुइंकेलको आवाजमा रहेको तिम्रो चोखो माया बोलको गीतको म्यूजिक भिडियो बेलायतबाट सार्वजनिक भएको छ। गायक आवेश कुइंकेलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको शब्द रबिन्द्र (रबि) मल्ल, संगित कल्याण सिंह, दिनेश श्रेष्ठ, लुमन स्थापित संजीव मैनालीको रहेको छ। बेलायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको म्यूजिक भिडियोमा विकेश बस्नेत र कविता बिष्टको अभिनय रहेको छ।
मोडल विकेशले बेलायतमा करिब एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन्। ब्यालेण्टाइन डे को अवसर पारेर सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका आशिष श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन्।
सिफारिस
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ