-Bal Kumari Ghimire

विराग

Hollywood Khabar September 27,2022 Comments

-बालकुमारी घिमिरे, गजलिका, सेप्टेम्बर २८, २०२२

 

आजकाल धर्ती र आकाश जोडिएको छ

जताततै अहंताको विऊ रोपिएको छ।

 

मन लागेपछि जे गर्न मिल्दो रहेछ यहाँ

र त आमाको छाती माथि टेकिएको छ।

 

डर छैन लाज छैन कसैलाई कसैको पनि

त्यसैले नेपाली जनतालाई जोतिएको छ।

 

लड्छन् मात्रै छ सत्ता र शक्तिको लागि

देखिँदैन देशको सीमा रेखा मेटिएको छ।

 

वाचा गर्छन् सधै यो,त्यो र ऊ गर्छु भन्नेर

तर जनता सधै आश्वासनले जेलिएको छ।

बालकुमारी घिमिरेका साहित्य रचनाहरु

गद्य कविता-तीज!

नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत