-Dilu Panta

विरहको आँधी आई बगाई लान्छ मेरो गाजल

Hollywood Khabar August 22,2021 Comments

-दिलु पन्त, काठमाण्डौ, फेब्रवरी ९, २०१७

छामी हेर छाती भरि, चोट कति गहिरो छ
मनको आँगन भत्किएर, जताततै पहिरो छ !


शिर माथि सधै मेरो, मडारिन्छ कालो बादल
विरहको आँधी आई, बगाई लान्छ मेरो गाजल!!

रातभरी जुन रुन्छ, दिन अझै मैलो हुन्छ
छामी हेर छाती भरि, चोट कति गहिरो हुन्छ !!!

आफ्नो दु:ख आफैसँग, सागर पनि कुलो हुन्छ
मनका रहर कहिले काहीँ, पलाएर दु:ख दिन्छ !!!!