क्यालिफोर्नियाको राज्यको पब्लिक सेफ़्टीमा ध्यान, जनवरी २०१७ देखि कारसिटमा सेलफोन प्रयोगमा गर्न नपाउने

Hollywood Khabar January 09,2017 Comments

गत बर्ष अमेरिकामा भएका धेरै दुर्घटना मध्ये १.६ मिलियन सडक दुर्घटना सेलफोनका कारण भएका थिए। तेस्ता दुर्घटनाहरु न्यूनीकरण गर्न क्यालिफोर्निया राज्यमा सन् २००९ देखि कारसिटमा सेलफोन चलाउन नपाइने ब्यबस्था गरिएको थियो।
अब तेसमा थप गरेर जनवरी २०१७ देखि कारसिटमा फोन चलाउन नपाइने अरु कानुनको ब्यबस्था गरिएको छ। क्यालिफोर्निया Highway Patrol ले सो कुरा कडाइका साथ हेर्दैगरेको छ।
ड्राइभरहरुले गाडि चलाउंदै गर्दा आफ्नो सेलफोनको एप्स चलाउन र फोनसमातेर कुरागर्न नपाउने भएका छन। जनवरी २०१७ देखि सेलफोनको नयाँ कानुन अनुसार यो ब्यबस्था भएको हो।
गाडि चलाउंदा म्याप जस्ता कुराहरु प्रयोग गर्नुपर्दा आफ्नो फोनलाइ ड्यासबोर्ड, ड्राइभ गर्न असर नपर्ने ठाउँ या विण्ड्सिलमा माउण्ट गर्नुपर्ने छ।  चलिरहेको अबस्थामा फोन हातमा लिने या एप्स चलाउन पाइने छैन। यदि फोन चलाउँदै गर्दा सो कुरा Highway Patrol को  साइटेशनमा पर्न गएमा जरिवाना तिर्नु पर्ने छ।
One tap, one swipe नाम दिएको यो नयाँ कानुनले गाडी चलाउँदै गर्दा ह्यान्ड्सफ्री र स्पिकरमा समेत कुरा नगर्न भनिएको छ। तेसो गर्दा ध्यान अन्त जानेहुनाले अरु निर्दोष मान्छेहरुको ज्यान जान सक्छ। यो व्यवस्थाले ९११ कल र अन्य लाइफ च्यालेञ्जिङ्ग अवस्थामा भने फोन प्रयोग गर्न सकिने भनेकोछ।
ड्राइभ गर्दा सेलफोन हातमा भेटेमा पहिलो पटक $२० र दोश्रो पटक $५० पेनाल्टि तिर्नु पर्नेछ र हेरक पटक Violation रेकर्ड हुँदै जानेछ।
यसैगरी यो वर्ष देखि २ वर्ष मुनिका, ४० पाउण्ड भन्दा कम तौल र ४० इन्च भन्दा कम उच्चाई भएका बच्चाहरुलाई गाडिको पछाडी सिटमा rear-facing car seats मा राख्नु पर्नेछ।