हलिउडखबर/क्यालिफोर्निया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यालिफोर्निया च्यापटरले सेप्टेम्बर १८ आईतवारका दिन १५७ औं मोतीजयन्ती बृहत साहित्यिक कार्यक्रमक गरेर मनाउने भएको छ।
हिमालयन फ्लेभर रेष्टुरेन्ट वर्क्लीमा हुने उक्त कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता रहने छ। कार्यक्रममा उत्तरी क्यालिफोर्निया क्षेत्रमा बसोबास गर्नुहुने विभिन्न सर्जकहरुले आ-आफ्नो रचनाहरु पनि प्रस्तुत गर्नेछन्।
कार्यक्रमकै अवसर पारेर स्रष्टाहरूका पुस्तकहरुको विमोचन तथा पूर्व विमोचित पुस्तकहरुको उजागर पनि गरिने अनेसास क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईंले जानकारी दिएकी छिन्।
उक्त कार्यक्रममा आफ्ना रचनाहरु वाचन गर्नका लागि संस्थाको ईमेल ठेगाना INLS.northerncaliforniachapter@gmail.com मा कार्यक्रम अगावै रचना पठाउनका लागि आयोजकले सबैलाई आग्रह गरेको छ।
कार्यक्रमको बारेमा बिस्तृत जानकारीका लागी कार्यक्रम संयोजक एवं संस्थाकी अध्यक्ष गीता बजगाईंलाई (650) 966-4224 मा टेलिफोन मार्फत पनि सम्पर्क गर्न सकिनेछ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु