-कार्यकारी अधिकृतको मनोनयनमा अध्यक्षहरु र मैले बिधान मिचेका हौँ

कार्यकारी अधिकृतको मनोनयनमा अध्यक्षहरु र मैले बिधान मिचेका हौँ

Hollywood Khabar August 14,2022 Comments

गैरआवासीय नेपाली संघमा आफूहरुको फुत्केको प्रभुत्व फिर्ताउन जीवन मरणको रुपमा लागेका पूर्वअध्यक्षहरु जिबा लामिछाने र उपेन्द्र महतोले खर्च गरेर बनाएको भनिएको ओदान समूहको आन्तरिक लडाइ चरम रुपमा गएको छ।

सोही कारण नेपाली कांग्रेसका उपाध्यक्ष पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउबालाई एनआरएनको विषलाई गलत सल्लाह दिएर गलत ठाउँमा प्रयोग गरेको भन्दै पार्टी भित्रका अर्का पक्षमा उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा प्रकाश शरण महत, गोविन्द भट्टराईहरु आक्रोसित भएका छन्। स्मरणीय कुरा महामन्त्री थापा जीवा लामिछानेका व्यवसायमा स्लिपिङ्ग पार्टनर हुन्।

केहि अन्य बिषय र प्रमुख कार्यकारी अधिकृतको मनोनयन गर्नको लागि अनुमोदन गर्न अगष्ट १४, २०२२ मा बसेको लामिछाने-महतोको सो ओदान समुहको पदाधिकारी बैठकमा चर्काचर्की भएको छ। संघमा प्रमुख अधिकृतको चयनलाइ लिएर हालिउडखबरले यस पहिला नै लामिछाने-महतोको एनआरएनएमा भ्रष्टलाई सीइओ बनाउन गगन थापाको दबाब भनेर समाचार सम्प्रेषण गरेको थियो।

डा बद्रि के सी, महेश श्रेष्ठ, हेमराज शर्मा र गौरी जोशी पक्ष राजेन्द्र राउतलाई सीइओ बनाउन चाहन्थे। कुल आचार्य, नारायाण आचार्य र डा केशब पौडेल भने रवि कुमार अधिकारीलाइ चयन गर्न चाहन्थे। सबैलाई थाहा छकी दुर्गा आचार्य, सोम सापकोटा, नरेन्द्र भाट, लोक दाहाल, सानी ओलीहरु भनेका भातखौरे हुन् जता प्राप्त हुन्छ त्यतै लाग्छन्।

त्यसै बिषयलाइ लिएर आज बसेको बैठकमा प्रमोद सिटौला, शंकर खड्का लगायतलाइ म्यूट गरेर बोल्नै नदिएर कुण्ठित गरिएको चर्को आरोप छ। बैठक सकिने बेलामा शंकर खड्काको माइक अनम्यूट गरिएको कुरा सूत्रहरुको दावी रहेको छ।

बैठकमा चर्काचर्की हुन थालेपछि गौरी जोशीले आफूले प्रमुख अधिकृतको चयनमा बिधान मिचेको भन्दै माफी मागे। हरेक पटक आरोप लाग्ने गरेका जोशीले आजको बैठकमा राम्रो नै प्रस्तुत गरेका थिए। तर अन्तमा एकै पटक उनि पड्केर भने, अध्यक्षहरुले जे जे पनि गर्न हुने अनि मैले गर्न नहुने भन्ने छ ? जसलाई जे मन लाग्छ गरुन, हामीले बिधान मिचेका हौँ । हो-हल्लाबिचको बैठकले प्रमुख कार्यकारी अधिकृतको मनोनयन अनुमोदन गर्न सकेन, अर्का उपस्थितले बताए।