-Bal Kumari Ghimire

चारु

Hollywood Khabar November 11,2022 Comments

-बालकुमारी घिमिरे, गजलिका,नोवेम्बर १२, २०२२

 

मिठो सुवास छर्दै तिमीले नजर लगायौ

थाहै नपाई दिलमा प्रीतको शहर बसायौ

 

भयो दिल मेरो घायल तिम्रो वदन देखेर

नसा नसामा प्यारको खम्बा अजर बनायौ

 

कस्तो हो तरीका तिम्रो सिधै नजिक पर्ने

चिन्दै नचिनी तिम्रा मृदुल अधर चलायौ

 

अर्थ बिनाको जीवन बाँचेका थियौ तिमीले

दिएर साथ जिन्दगीलाई गुणाकर पुर्‍यायौ

 

महत्व बुझाई जिउनुको तिमीले आहा

मलाई सफलताको शिखर चढायौ

बालकुमारी घिमिरेका साहित्य रचनाहरु

राग विराग-३

विराग-२

राग विराग-१

गजल:खलिल मुरब्बा

दायाँ छ खोला बायाँ छ खोला बिचमा जिन्दगी

कोपिला डाली

गद्य कविता-तीज!

नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत