-Gita Bajagain Adhikari

गद्य कविता-चुनाव!

Hollywood Khabar November 15,2022 Comments

-गीता बजगाईॅ अधिकारी, नोवेम्बर १५, २०२२

 

निकै

कौतुहलपूर्ण

गजबको

स्वयममा प्रस्फुटित

निकै उत्तेजित

तथा

उत्साहित

जनताले प्रत्यक्ष

मतदान गर्न पाउने

व्यवस्थासहितको

जनप्रतिनिधि छान्ने

एक अवसर

वा

उत्सव हो चुनाव!

 

एउटै व्यक्ति

वा समूहको

सोचविचारद्वारा

एकछत्त

एक तन्त्रीय

हुकुमी शासन प्रणाली चलेको

स्थितिभन्दा

पृथक

हरेक व्यक्तिहरूका

सोच

विचार

वा

दृष्टिकोणलाई

सम्मान गर्ने

गराउने

उत्कृष्ठ प्रजातान्त्रिक

व्यवस्था हो चुनाव!

 

जनताले

जनताद्वारा

जनतामाथि नै गरिने

शासन प्रणाली

जहॅा

सर्म्पूण जनताको

मताधिकार

अधिकारको

प्रयोगात्मक अभ्यास गराई

राज्य सञ्चालनमा

सबैको

सहभागिता गर्ने

उद्देश्यले

जनमतद्वारा चुनिएका

प्रतिनिधि

वा जनताकै

सिपाहीलाई

सामेल गराई

जनताकै हितको निम्ति

लड्न लगाउने

एक मात्र विकल्प

हो चुनाव!

 

निसङ्कोच भन्नु पर्छ

चुनाव!

प्रजातान्त्रिक

प्रक्रिया नै हो

चुनाव विनाको

राज्य

र रैती

मालिकले राखेको

दास सरर हुन्छन्

फेरि यो पनि

सही हो

त्यसो त चुनाव !

 

धेरै पटक आयो नि होइन ?

हो आयो

चुनाव चुनावको निम्ति

मात्र आयो

चुनावले

विकास बोकेन

चुनावले

हिंसा रोकेन

गरिबी हटाएन

भ्रष्टाचार घटाएन

बलात्कार देखेन

बेरोजगार छेकेन

चुनाव निकम्मा भयो

तर

यसमा

नेता मात्र

दोषी देख्ने

हामी पनि

दोषी छौँ

किनकि

नजरअन्दाजको भरमा

दीर्घकालीन सोचमा

खडेरी लगाई

एउटा टपरीमा

मत बेचेर

भ्रष्ट

घुस्याहा

फटाहा

पापीलाई

मतदान गर्ने

हामी स्वयम

होइनौ र?

 

जेहोस्

प्रार्थना गरौँ

अवको चुनाव

स्वतन्त्र

निस्पक्ष भई

कुशल नेतृत्वको निम्ति

उदाओस्

निर्वाचन!

चिह्नहरू मध्ये

रुख छहारी बनोस्

सूर्यले न्यानो दिलाहोस्

हसियाँहथौडाले

सारालाई होइन

कॅाडालाई फॅाडोस्

छाताले

झरी छेकोस्

हलोले

बॅाझो फुटाओस्

चस्माले

सही गलत छुट्याओस्

क्यामराले

सुन्दर तस्वीर खिचोस्

लौरो

असक्तको सहारा बनोस्

घण्टीले

भगवान बोलाओस्

हाम्रा होइन

असल योग्य

राम्रा आउन्

जूनझैँ सबै

देशमा छाउन्

आगामी दिनमा

आहा चुनाव! भन्न पाइयोस्

शुभ होस्

भलो होस्

चुनावको जय होस् !!

गीता बजगाईं अधिकारीका कविताहरु

बाल गीत:साना साना

गद्य कविता:दशैँ

गद्य कविता:गौंडाहरू

तीज गीत