महाबाणिज्यदुत ऋषि ढकाललाई क्यालिफोर्नियाका दुवै शहरमा सम्मान गरिने

Hollywood Khabar May 28,2017 Comments

कृष्ण के सी 

नेपाल सरकारबाट प्रदान गरिएको जिम्मेवारी “बाणिज्यदुत” को पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएका ऋषि ढकाललाई नेपाल सरकारले महाबाणिज्यदुतमा बढुवा गरेका छ।

खासगरी लस एन्जलस बस्दै आउनु भएका ढकाल नेपाली उत्पादनको अमेरिकी बजार, नेपाली उत्पादनको अमेरिकामा ब्यबसायबारे बिशेष दख्खल राख्नु हुन्छ।उहाँको सोही बढुवालाइ सम्मान गर्दै आगामी दिनमा उहाँबाट झन धेरै सेवाका कामहरु हुन सकुन भनेर क्यालिफोर्नियाका दुवै शहर लस एन्जलस र सान फ्रान्सिस्कोमा सम्मान गरिने भएको छ।

एनआरएनए एनसीसी अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजनमा सान फ्रान्सिस्कोमा यहि मे ३० का दिन ढकाललाइ सम्मान गरिने कुरा सम्मानको संयोजन गर्दै रहनु भएका च्याप्टर अध्यक्ष पूर्णचन्द्र बानियाले जानकारी दिनुभएको छ।

बानियाले बिगत लामो समय देखि यस सान फ्रान्सिस्को क्षेत्रमा ब्यबसाय गर्दै आउनु भएका राजेन थापालाइ समेत उहाँ नेपालीहरुबाट अमेरिकाको लाइन्स क्लबमा पहिलो डिस्ट्रिक्ट गभर्नर हुनुभएकोमा सम्मान गरिने कुरा जनाउनु भयो। बानियाले सम्पूर्ण नेपालीहरु, संघ-संस्था प्रतिनिधि, प्रत्रकार, समाजका अगुवा सबैलाई उपस्थित हुन अनुरोध गर्नुभएको छ।

कार्यक्रम Himalayan Flavors, 1585 University Ave, Berkeley, CA मा हुनेछ। सांझ ७ बजे

उपेन्द्र देवकोटाका अनुसार लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ मा एनआरएनए एनसीसी अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजनमा स्थानीय संघ-संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम हुने तारा हिमालयन कुजिन आर्टेसियामा साँझको ८ बजे हुन लागेको हो। यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थितिको लागि एनआरएनए एनसीसी अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले अनुरोध गरेका गर्नुभएको छ।