सहकारीको लगानीमा गाई पालन

Hollywood Khabar January 16,2017 Comments

बयरघारी (स्याङ्जा), ४ माघ
जिल्लाको बयरघारीस्थित शुभलक्ष्मी सहकारीले गाई पालनमा लगानी गरेको छ । गाईको दुध बिक्रीबाट मनग्य आम्दानी लिन सकिने भएपछि सहकारीले गाई पालनमा स्थानीय कृषकलाई लगानी गरेको हो ।
सहकारीको ५० लाख लगानीमा ४२ कृषकले ५० वटा गाई पालन गर्दै आएका छन् । दैनिक उत्पादन हुने ५ सय लिटर दुधको संकलन, खरिद र बिक्री सहकारीले गर्दै आएको छ । उत्पादीत दुध घरबाटै खपत हुने र गाई पालन पेशा सजिलो हुने भएकाले गाई पालनमा कृषकको आक्रर्षण बढेको छ ।
“कृषकहरुको सामुहिक जमानीमा बिना धितो लगानीमा गाई पालन गरिएको छ ।” सहकारीका अध्यक्ष भक्तबहादुर के.सी.ले भने, “बिहान २ सय ५० र सा“झ २ सय ५० लिटर दुध दैनिक संकलन गरिएको छ ।” प्रति लिटर ४६ रुपैया“मा संकलित दुध ढुवानी खर्च वापत ३ रुपैया“ थप गरेर ४९ रुपैया“मा स्थानीय बजार र पोखरामा बिक्री गर्दै आएको उनले बताए ।
खिलुङ्–देउराली ३ सिमलचौरका ३० र छाङ्छाङ्दी २ गैह्राथोका १२ कृषकले गाई पालन गरेका छन् । चालु आर्थिक वर्षमा २ करोड लगानीमा ढापुकसिमल–भञ्ज्याङ्, दार्सिङ्ग–दहथुम र स्वरेकका झण्डै २ सय कृषकलाई गाई पालन व्यावसाय गर्न सहकारीले लगानी बिस्तार गर्ने भएको छ । दैनिक २ हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
“दुध बिक्रीबाट प्राप्त भएको रकमबाट सहकारीले लगानी र व्याज भुक्तानी लिदै आएको छ ।” खिलुङ्–देउराली ३ सिमलचौरकी कृषक दुर्गा कोईरालाले भनिन्, “दुध बेच्न बाहिर जान नपर्ने र ऋणको किस्ता तिर्न सजिलो भएपछि गाई पालनमा कृषक उत्साहीत छन् ।” गाई पाल्न सजिलो, घरबाटै दुध बिक्री हु“दा मासिक मासिक २० हजार बढि वचत हुने गरेको उनले बताईन् । “कार्यक्षेत्रका शेयर सदस्यलाई गाई पालनको तालिम दिएर सहकारीले लगानी गरेको छ ।” सहकारीका प्रबन्धक लेखबहादुर के.सी.ले भने, “पशुसेवा कार्यालयको सहकार्यमा ७५ प्रतिशत सरकार र कृषक र सहकारीका तर्फ बा“की २५ प्रतिशत लगानीमा गाईको बिमा गरिएको छ ।”
स्थानीय २ सय अगुवाहरुको सक्रियतामा ३ वर्षदेखि सहकारी संचालनमा आएको हो । २ करोड शेयर पु“जी रहेको सहकारीले १२ करोड निक्षेप संकलन गरेर सोहि अनपातमा लगानी गरेको छ । सहकारीले बाख्रा पालन र तरकारी तथा फलफूल खेतीमा लगानी बिस्तार गर्ने जनाएको छ ।   सुरुङ्मार्गको प्रतिक्षमा स्याङ्जाली