-Bal Kumari Ghimire

दायाँ छ खोला बायाँ छ खोला बिचमा जिन्दगी

Hollywood Khabar October 04,2022 Comments

-बालकुमारी घिमिरे, गजलिका, अक्टुवर ५, २०२२

 

दायाँ छ खोला बायाँ छ खोला बिचमा जिन्दगी

साहारा मागेँ तर्न जँघार झन् गरे दिल्लगी।

खोसिँदा मेरा यी आँखाबाट फुलेको तरेली

मन त बाधेँ छचल्किएर पोखियो परेली

 

कर्मको खेल हो कि त मेरो भाग्य नै सस्तो हो?

सोचेको थिएँ उर्वर जीवन खै किन यस्तो भो?

चारैतिर छन् पीडाका चाङ कसरी हटाउने

चस्केर दुख्छ झन् देब्रे पाटो कसरी घटाउने

 

सबैको देख्छु चम्किलो जीवन मेरो चाहिँ खल्लो भो

किनारै छैन यो जिन्दगीको ओल्लो न पल्लो भो

हाँस्न खोजें खै चल्दैनन् ओठ कसरी हासूँ र?

अर्थ बिनाको यो जीन्दगानी कसरी बाचूँ र?

बालकुमारी घिमिरेका साहित्य रचनाहरु

कोपिला डाली

विराग

गद्य कविता-तीज!

नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत