-स्प्रिङ्ग डेलाइट सेभिङ्ग सुरु, कतिबेला, कसरी, किन र के हुन्छ टाइम चेन्जमा?

स्प्रिङ्ग डेलाइट सेभिङ्ग सुरु, कतिबेला, कसरी, किन र के हुन्छ टाइम चेन्जमा?

Hollywood Khabar March 12,2023 Comments

कृष्ण केसी, अमेरिका, मार्च १२, २०२३ आइतबार

आज मार्च ११ शनिबारको राती अर्थात मार्च १२ आइतबारको बिहान २ बजे स्प्रिङ्ग डेलाइट सेभिङ्ग अर्थात टाइम चेन्ज भएको छ। यसलाई अमेरिकामा Spring forward one hour भन्ने चलन छ।

बिश्वोका ७० भन्दा धेरै देशमा गरिने डेलाइट सेभिङ्ग अमेरिकामा बर्षको दुइ पटक गरिन्छ। डेलाइट सेभिङ्गलाइ सजिलो रुपमा जान्नको लागि “Spring forward Fall back” भनेर संझन सकिन्छ।

स्प्रिङ्गमा दिन लामा र रात छोटा हुन्छन त्यसैले एक घण्टा बिहानको समय घटाइञ्छ। बिहान १ घण्टाको समय घटाइने हुनाले एक घण्टा कम सुत्न पाइन्छ। स्प्रिङ्ग चेन्जका दिन रातीका घडीले फरक देखाएता पनि वास्तविक रुपमा कामदारले ७ घण्टा सिफ्टको मात्र काम गरेका हुन्छन। फल सिजनमा बिहान एक घण्टा बढाइञ्छ र एक घण्टा धेरै सुत्न पाइन्छ। अनि फल सिजनको चेन्जका दिन रातिका कामदारले ९ घण्टाको काम गर्छन।

स्ट्याण्डर्ड समयलाई बर्षको एक पटक एक घण्टा क्लक फरवार्ड (अगाडी बढाउने) र अर्को पटक क्लक एक घण्टा (पछाडी घटाउने) र स्ट्याण्डर्ड समयमा मिलाउने गरि बार्षिक दुइ पटक समय परिवर्तन गर्ने कामलाइ Daylight Saving Time-DST (डेलाइट सेभिङ्ग) भनिन्छ।

डेलाइट सेभिङ्गको सामान्य सिद्धान्त भनेको प्रकृतिको उज्यालोलाइ बढी प्रयोग गरेर उत्पादित उर्जाको उज्यालो अर्थात बिजुली बचाउने अनि खर्च बचत गर्ने भन्ने हो। त्यसैले स्प्रिङ्गमा एक घण्टा समय अगाडी बढाउने फलको एक धण्टा समय पछाडी धलेलेर जाडोको समयको उर्जा बचत गर्ने भन्ने हो।

स्प्रिङ्ग डेलाइट सेभिङ्ग मार्चको दोश्रो आइतबार सुरु हुन्छ र नोवेम्वरको पहिलो आइतबार सो डेलाइट सेभिङ्गको समय समाप्त हुन्छ। त्यसैले यसलाई “spring forward, fall back” भन्ने गरिन्छ।

त्यसैले यो बर्षको मार्च ११ शनिबार राती अर्थात मार्च १२ आइतबार बिहान २ बजे समय एक घण्टा अगाडी जाने गरेर सेट गरिन्छ। यसको मतलव तपाइले एक घण्टा गुमाउनुहुन्छ। स्प्रिङ्ग फरवार्डमा सुर्योदय र सुर्यास्त एक घण्टा पछि मात्र हुने गरि समय सेट गराइन्छ। यसको अर्थ मार्च १२ साँझ एक घण्टा धेरै उज्यालोको अबधि रहन्छ, एक घण्टा रात ढिलो सुरु हुन्छ।

डेलाइट सेभिङ्ग नोवेम्वर ५, २०२३ आइतबार बिहान २ बजे समाप्त हुन्छ। त्यो दिन आजको ठिक उल्टो हुन्छ। शनिबार राती अर्थात् आइतबार बिहानको समय एक घण्टा पछाडी हुने गरी सेट गरिन्छ। त्यसलाई फल सिजनको डेलाइट सेभिङ्ग अर्थात “fall back” भनिन्छ। सुर्योदय र सुर्यास्त अघिल्लो दिनको भन्दा एक घण्टा पहिला हुन्छ। त्यसैले आइतबार बिहान एक घण्टा धेरै उज्यालो रहन्छ।

डेलाइट सेभिङ्गको यो अबधी अमेरिका र क्यानाडामा निम्नानुसारको समय परिवर्तन हुन्छ। विश्वका अन्य देशले आफ्नै अनुसार गर्छन। एरिजोना, हवाई, पोर्टोरिको, भर्जिन आइल्याण्ड, नर्थ मेरिन आइल्याण्ड, ग्वाम र अमेरिकन सोमामा यसको फरक अर्को नियम छ।

अर्को अर्थमा Daylight Time सुरुलाइ “DT” र Daylight Saving Time को अन्तलाइ Standard Time “ST” भन्ने गरिन्छ।

अमेरिकामा ४ वटा Daylight Time or EDT या Standard Time or ST जोन छन्। Eastern, Central , Mountain र Pacific समय क्षेत्र। पूर्वी क्षेत्र (Eastern) को समय भन्दा पश्चिम (Pacific) को समय ३ घण्टाको फरक छ। न्यूयोर्कमा बिहान ९ बज्दा क्यालिफोर्नियामा बिहानको ६ बजेको हुन्छ।

अमेरिकी राष्ट्रपति Benjamin Franklin को १७८४ मा लेखिएको An Economical Project मा सबैभन्दा पहिला daylight सेभिङ्ग भन्ने प्रयोग गरिएको कुरा इतिहासमा पढ्न पाइन्छ। तर यसबारे “The first true proponent of Daylight Saving Time was an Englishman named William Willet. A London builder, he conceived the idea while riding his horse early one morning in 1907.” भन्ने तथ्य उल्लेख गरिएको पाइन्छ।

यो ऐतिहासिक समय परिवर्तन गर्ने तथ्यलाइ १९१५ मा जर्मनहरुले आधिकारिक रुपमा प्रयोग गरेको रेकर्ड पाइन्छ छ। पछि १९१६ मा ब्रिटिशले समय टाइम गर्दै The United States को कंग्रेसले चाहिं १९१८ मा Standard Time Act भनेर बिल पास गरेपछि लागु भएको छ। त्यो समय गरिने समय परिवर्तन र अहिले हुने समय परिवर्तनमा धेरै फरक बिधि छन्। यो बिचमा धेरै कानुन र बिधि परिमार्जन भएका छन्।