दिपक अभिमन्यू

गजल:दुर्भाग्यको असिनाले चुट्नुसम्म चुट्यो भन्यौ

Hollywood Khabar June 05,2017 Comments

फुल्ने फल्ने जिन्दगीका सबै याम छुट्यो भन्यौ
समयले पत्तैनदि मनको खुशी सब लुट्यो भन्यौ

त्यहि समयले दुख दियो त्यसैले नै सुख दिन्छ
दुर्भाग्यको असिनाले चुट्नुसम्म चुट्यो भन्यौ 

चर्कीएको सीसासरि हाँसोखुशी त्यो चर्कि गयो 
सारा सपना जिन्दगीको सीसा झैं फुट्यो भन्यौ

जिन्दगीको गन्तब्य नै अलग अलग हुँदा पनि
भाग्यले होला सायद संगम हाम्रो जुट्यो भन्यौ

जीवन पुरै दलदलमा डुबेपछि हात दियौ तिम्ले
उजाड मनको वस्ती खिल्खिलाउदै उठ्यो भन्यौ