डाँडा पारीकि मेरी उनी र डाँडावारीको म हामी जहाँ जुन अवस्थामा भए पनि हाम्रो आत्मा एक थियो।मन एक थियो धडकन एकैसाथ चल्थ्यो।यानेकी हामी एक अर्काका प्राणपखेरु थियौं यध्यपि हाम्रो शारिरीक उपस्थिती अलग अलग ठाउँमा थियो।हाम्रा बिचारधारा अलग थियो र धरातल पनि अलग तथापी हामी ती कुनै दृष्टिले पनि हामीलाई अलग गर्न सकेको थिएन हामी एक थियौं।उनलाई पीडा हुदा म चिच्याउँथे म रुदा उनी छटपटिन्थिन।उनको अनुहार अलिकति मलिन हुदा म तड्पिन्थे र मेरो मुहार मलिन हुदा उनी।अर्थात जे भनेनी जे भएनि हामी दुई ज्यान एक प्राण थियौं।
यसपालीको स्थानिय निर्बाचनलाई साह्रै उत्साहपूर्वक सहभागिता जनाउदै उनले र मैले साह्रै आनन्द मान्दै उपभोग गरेउँ।रमाईलो मान्दा मान्दै सकियो निर्बाचन।मतगणना शरु भयो र परिणाम आउन थाले।म उनलाई जिस्काउथे तिम्रोले जित्यो।उनी मलाई जिस्कउथिन हजुरकोले जित्यो।यसैमा हामी रमाईरहेका थियौं निर्बाचनको आनन्दमा।यसैक्रममा मैले ठट्टाकै मुडमा भएका बखत मैले भने तिम्रो घरतिर त तिम्राले जिते नि समाचार हेर त।यति के भनेथें उनी बलिन्द्रधारा आँसु बगाउँदै मेरो घर त्यो होईन हजुर जहाँ हो मेरो घर त्यहि हो।होइन भने मेरो घर यो जुनीमा हुन सक्दैन।अब स्वर्गमा हुन्छ हाम्रो घर त्यहा हजुर हुनुहुन्छ म हुन्छु हामीलाई कुनै कुराले रोक्दैन।यो जुनी सायद मेरो कुनै घर हुने लेखेकै छैन।म त हजुरकोतिर भन्ठान्दै खुशी भाको त तर हजुरले नि आज भनेर भक्कानिएर रोईन्।
उनको आँखामा आँसु देखेपछि मेरो झन के रोकिन्थ्यो आँसु।म पनि अन्जानमा बोलेका ती शब्दले पछुताउँदै रोएँ मस्तसंग।मलाई मेरो घर भन्ने कुराले रातभर पिरोलिरह्यो किनकि मेरो पनि कुनै घर थिएन । उनी मात्र होइन म पनि घरबार विहीन थिएँ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु