दिपक अभिमन्यू

गजल: कति जान्या नबोलिकनै झर्किएको सम्झन्छु म !!

Hollywood Khabar May 26,2017 Comments

परेलीको डिलबाट आँशु बर्षिएको सम्झन्छु म !!
आफैदेखि आफै अनायास तर्सिएको सम्झन्छु म !!
मान्छे हुँ म पनि म बाटनि गल्ति त हुन सक्छ 
कति जान्या नबोलिकनै झर्किएको सम्झन्छु म !!
काम गर्नेले कहिलेकहि त बिराउन सक्छ केहि!!
होसियार भएर खाँदानि सर्किएको सम्झिन्छु म !!
अगाध माया छ मनमा तिमीप्रति शंका नगरे है!!
कर्के नजर लाउदैलाउदै तिमी तर्किएको सम्झन्छु म !!
कोईलीको कुहुकुहु भन्दा कहाँ कम छर सुसेली मेरो!!
त्यही ईशारामा फरक्क मैतिर फर्कीएको सम्झ्निछु म!!