अभिमन्यू

गजल माया र बिश्वास

Hollywood Khabar May 02,2018 Comments

माया र बिश्वास सबै आँखाबाट तर्काएर बस्यौ ।
भेट्दाखेरि मैतिर ढाड सधै किन फर्काएर बस्यौ  ।।

एकपलको खुशी पाउन धाउथे सधै तिमी भनि ।
तिमी भने रेशमी ती केश अन्तै लर्काएर बस्यौ  ।।

मधुर त्यो तिम्रो मुस्कानमा संसार भुलीदिन्थें म ।
के भयो कुन्नी अनायासै त्यो मन चर्काएर बस्यौ ।।

जिन्दगी बुझ्ने आखिर कोहि भएन अभिमन्यूको ।
आफैलाई पीडा दिई साउने झरि दर्काएर बस्यौ  ।।