गजल समय र परिस्थितीले हस्तक्षेप गर्यो कि
प्रीत र खुशी त्यो टाढिदै गए जस्तो भा'छ
मीत त्यो मनको टाढिदै गए जस्तो भा'छ
अचेल ढोगभेट'नि हुन छाड्यो खै किन हो
रीत त्यो सायद फेरिदै गए जस्तो भा'छ
समय र परिस्थितीले हस्तक्षेप गर्यो कि
धित मनको त्यो मर्दै गए जस्तो भा'छ
खातकाखात भैसके मेरा हारका कथा
जीत खुशीको टाढिदै गए जस्तो भा'छ
ताल बिग्रेला भन्दा धोत्रियो स्वर पनि
गीत सुरिलो,त्यो टाढिदै गए जस्तो भा'छ
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु