गजल

Hollywood Khabar May 26,2017 Comments

केही बढी केही कमी देखियो
यो दोसाँधमा जिन्दगी देखियो ।
,,,
अर्थको अनर्थ बुझ्न सिक्दैछ
कारण  उसको छवी देखियो ।
,,,
चिन्दै चिनेन मनको भगवान्
पुजा त पाप कटनी देखियो ।
,,,
के छ आँफुसँग थाहा पाएन
गुमेको त झलझली देखियो ।
,,,
कसले बुझोस् नेताको भाषण
तर बेजोड थपडी  देखियो ।
,,,
लड्यो मैदानमा वीर सहिद  
हार्ने काँधमा  पगरी देखियो ।
,,,
जो पढ्यो लेख्यो बनी ज्ञान गुणी
मरण पश्चात् धनी देखियो ।
- गणेश प्रसाद पौडेल "बहुरुपी"
अर्जुन चौपारी गाउँ पालिका - ३ स्याङ्जा