गजल

Hollywood Khabar May 24,2017 Comments

थोरै केही पाएर धेरै गुमाएँ 
सपना ति मीठा सबेरै गुमाएँ ।
,,,
खुसी थियो सानो जो आफैंसँग 
गरेँ धेरै  लोभ  मेरै गुमाएँ ।
,,,
नबुझी गुमाए सोझाहरुले 
म धेरै बुझ्ने बुझेरै गुमाएँ ।
,,,
जस्ले आशिर्वाद दिन जान्दैन 
उसैको पाऊँ ढोगेरै गुमाएँ ।
,,,
सुनौलो मौका आयो एकफेरि
हीरा नै थियो चिनेरै गुमाएँ ।

- गणेश प्रसाद पौडेल "बहुरुपी" 
अर्जुन चौपारी गाउँ पालिका - ३ स्याङ्जा