-Gita Bajagain Adhikari

गद्य कविता:गौंडाहरू

Hollywood Khabar September 08,2022 Comments

-गीता बजगाईं अधिकारी, अमेरिका, सेप्टेम्बर ८, २०२२

 

सूक्ष्मभन्दा सूक्ष्म

एक्स x र वाई

y क्रोमोजमले

आफूभित्रको

वास्तविकतालाई

छाम्दै नछामी

ऊजस्तै

सूक्ष्म

अनि एकल

एक्स x क्रोमोजमसँग

चाहेको प्रतिफल

प्राप्त गर्न

घमासान

लडाईं लडिरहेको

पृष्टभूमिबाट

विस्तारै

विस्तारै विस्तारित

ज्वारभाटाहरू

त्यसलाई

पन्छाउन चालिएका

सङ्घर्षका

पाइलाहरूलाई

तान्न

हान्न

खुम्च्याउन

कुच्याउन

वा

अनकन्टार

खोँचहरूमा लगेर

गाड्न जन्मिएका

व्यवधान नै

गौँडाहरू हुन्

 

बल्लतल्ल उम्किएको

प्रकृति

र पुरूष

उसले पाएको जीवन

उसका भोगाइहरू

प्रत्येक पलमा

साक्षात्कार भएका

अक्करहरू

गहिरो चोट हुने गरी

लागेका ठक्करहरू

बाटोमा

तेर्सिएका भाँजाहरू

जलाशयविना

फुटेका धाँजाहरू

फलविना

सुकेका पाँजाहरू

सबै गौँडाका

उदाहरणहरू हुन्

 

जिन्दगीमा गौँडा

प्रहर

प्रहरमा जन्मिने गर्छन्

बाल्यकालका

रहहरू

किशोरावस्थाका

बहरहरू

हाँसो खोसिएका

शहरहरू

युवा हराएका

प्रहरहरू

यौवन थोत्रिएका

जहरहरू

बुढेसकालका

कहरहरू

गॅौडै

गौंडाले बनेका

उकालाका पर्याय हुन्

 

सकिनसकी उक्लिएको

उकालो

उकालोको बिचमा

रहेको भञ्ज्याङ्ग

प्यास मेटाउन

बनाइएको धारो

धारो छेउमा रहेको

पाटी

पाटीसँगै लगाइएको

वरपिपलको छहारी

त्यहॅा

थुचुक्क बसेर

थकाई मेट्ने

झिनो आशा

त्यो बेलो नगॅाजिंदै

खोतलिएका जरा

निरास पारिएको मन

छिया: छिया: बनाइको तन

जङ्गलतर्फ

घिसारिएको मान्छे

शरीर रुझाउने गरी

आँखाबाट चुहिएको पानी

गौँडाका पनि बाउ!

महागौँडा हुन्

 

गौँडाहरू

जताततै

व्याप्त छन्

के गाउँ

के शरह

के स्वदेश

के विदेश

हरेक तह

र तप्कामा

व्यवधान छल्न बनेका

विकल्पबाटै

जन्मिएका तिरष्कार

छरपष्ट भएका अपराध

नाँचिरहेको मृत्यु

त्यसको बिगो छल्न

गरिएको घुषघोरी

सबै

गौँडाभित्रबाट उम्रिएका

सोलाझैँ लाग्छन्

 

आँखाले

हेर्न नसक्ने

कानले

सुन्न नसक्ने

हृदयले

सहन नसक्ने

छालाले

स्पर्श गर्न नमान्ने

पीडादायक

गौँडाहरूलाई

साहसको

महाबलले जितेर

सौहार्द्रता

र सभ्यताको

ताज लगाउन कहिले

सकिएला ?

गीता बजगाईं अधिकारीका कविताहरु

तीज गीत