-गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष, एमआइटी होल्डिङ्का अध्यक्ष तथा एमआइटी फाउन्डेशनका फाउण्डर डा शेष घले

नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन समीट सुरु, मन्त्री भुसालद्वारा उद्घाटन सम्पन्न

Hollywood Khabar October 10,2022 Comments

विश्वोमा उठ्दै गरेको ग्लोबल वार्मिंङ्ग (जलवायु परिवर्तन) को असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ रुपमा उर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्ने नेपालमा पहिलो पटक आयोजना गरिएको नेपाल ग्रीन हाइड्रोजन समीट २०२२ सुरु भएको छ।

अक्टुवर १० र ११, २०२२ मा काठमाण्डौको होटल सोल्टीमा आयोजित नेपाल ग्रीन हाइड्रोजन समीट २०२२ एमआईटी फाउण्डेशन, ग्लोबल एनआरएन फाउन्ण्डेशन, नेपाल सरकारका अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा आयोजना गरिएको हो।

उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री भुसालले हाइड्रोजन ऊर्जाको विकास गर्न सके नेपालले थप ऊर्जा निर्यात गर्न सक्ने, सरकारले जलविद्युतलाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने लक्ष्य लिएको बताइन। मन्त्री भुसालले आफ्नो मन्त्रालयले कार्यदल गठन गरी जलविद्युतको प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्व सम्भाव्यता अध्ययन समेत गरिसकेको जानकारी दिइन।

समिटलाइ सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरुपमा समृद्ध बनाउन सकिने बताए। अब विद्युत बिक्री गर्नुपर्दैन, हाइड्रोजन बिक्री गरे पुग्छ, एमोनिया बिक्री गरे पुग्छ। भएको पानीको सदुपयोग गरेर विद्युत उत्पादन गर्न सक्यो भने र त्यसबाट हामीले हाइड्रोजन, एमोनिया बनाएर विश्व बजारमा प्रतिस्पर्धी भएर पु-याउन सकियो भने नेपालको समृद्धी हुने कुरा बताए।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष, एमआइटी होल्डिङ्गका प्रमुख तथा एमआइटी फाउन्डेशनका फाउण्डर डा शेष घलेले ग्रीन हाइड्रोजन सम्बन्धी नीति तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराए। कोरोनाकालमा संसारभर नै लकडाउन भएको अवस्थामा ग्रीन हाइड्रोजनको विकल्पका बारेमा आफू र आफ्नो समूहले विशेष अध्ययन गरेको जानकारी दिँदै उनले नेपालले ग्रीन हाइड्रोजन उत्पादनमा विश्वव्यापी रुपमा नै नेतृत्व लिनसक्ने कुरामा जोड दिए। उनले नेपालमा हाइड्रो दशकौं पहिला सुरु भएको अब त्यसलाई ट्राञ्जिशन गर्दै ग्रिन हाइड्रोजनमा जाने योजना रहेको, पग्लिदै गरेका हिमालका लागि एन्टिडोट ग्रिन हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पु-याउने कार्यक्रमको योजना रहेको कुरा बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा ग्लोबल एनआरएन फाउण्डेशनका अध्यक्ष बिनोद कुँवरले अध्यक्षता गर्दै वेलकम रिमार्कमा संघले यस्ता खाले इनोभेटिभ कार्यक्रमहरु गर्दै जाने बताए। सोहि समितिमा काठमाण्डौ बिश्वबिधालयका बिज्ञले आफ्नो र बिश्व बिधालयको धाररणा राखेका थिए।

समिटमा ग्लोबल एनआरएन फाउण्डेशनका अन्य कार्यकरी सदस्यहरु, एमआईटी होल्डिङ्ग तथा एमआईटी फाउण्डेशनकी को-फाउण्डर जमुना गुरुङ, एनआरएनए उपाध्यक्ष बिआर लामा, महासचिव जानकी गुरुङ, आइसीसी सदस्यहरु रश्मि थापा, पवन योञ्जन, सल्लाहकार एसि शेर्पा, एनआरएनए क्यानाडा अध्यक्ष कुन्दन घिमिरे, एनआरएनए अमेरिका अध्यक्ष सुर्य लम्साल, एनआरएनए कार्यकारी निर्देशक राजेश राणा, अन्य कर्मचारी, बिषयक बिज्ञहरु लगायतको सहभागीता रहेको थियो।

समिटको दोश्रो दिनमा नेपाल सरकारका मन्त्रालय र सरकारी निकायका प्रतिनिधि, नेपालका उद्योग ब्यबसायी, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विभिन्न देशका नेपालस्थित राजदूतावास प्रतिनिधि, अन्तर्राष्ट्रिय स्तरका विज्ञहरुको प्रस्तुति रहने।