-हलोविन “Halloween” क्याण्डी र पम्किन फेस्टिभिटीबारे/Picture-Gilroy pumpkin festivities from Google

हलोविन “Halloween” क्याण्डी र पम्किन फेस्टिभिटीबारे

Hollywood Khabar October 30,2022 Comments

कृष्ण के सी, अमेरिका, अक्टुवर ३१, २०२२

हलोविन (Halloween) अर्थात क्याण्डी र पम्किन फेस्टिभिटी सुरुका दिनमा अलिकति अचम्मको लाग्थ्यो। भुत र तर्साउने आकृति बनाएर घर, फर्सी र क्याण्डीका परिकार र आकृतिहरु बस्ति, फेसिलिटीहरुमा सजाउने, बच्चाहरु देउसी/भैली जस्तैगरी क्याण्डी माग्न घर-घर आउने कुराले अजिव लाग्थ्यो।

देश अनुसारको भेष भन्ने हाम्रा पुर्खाको उखान छ। खासमा नेपालको देउसी भैलो र लाखे नाचसँग अलि अलि मात्र मिल्ने यो पर्व अजुवा लागे पनि बिस्तारै मलाइ पनि बानी हुन लाग्यो। थोरै थोरै सिक्दै सिक्दै मनाउन थालियो। समाजशास्त्रमा चाहिं कल्चरल इभोलुशन, एसीमिलेशन र अकल्चरेशन जस्ता रुपमा पढिएको कुरा अहिले आएर प्राक्टिस गर्न थालियो।

आजकल अमेरिका मात्र होइन बिश्वका अधिकांश देशहरुमा हलोविन फेस्टिभिटी मनाउने चलन बढेको छ। खासगरी worldwide population review ले दिएको जानकारी अनुसार Canada, United Kingdom, United States, Australia, Belgium, Czech Republic, Dominican Republic, France, Greece, Hong Kong, India, Italy, Japan, Malaysia, New Zealand, Poland, Romania, Russia, Rwanda, Serbia, Singapore, South Korea, Sweden, Switzerland, Taiwan, United Arab Emirates, Brazil, China, Colombia, Guatemala, Ireland, Netherlands, Nicaragua, Peru, Philippines, Spain, El Salvador, Mexico लगायत ४ दर्जन भन्दा धेरै देशमा मनाइन्छ।

तर आजकल इभोलुशन भएर बिश्वका सयौं देशमा हलोविन मनाएको झलक देख्न पाइन्छ। यसलाई मनाइने जे जस्तो तरिका र बिधि भएता पनि ऐतिहासिक रुपमा चाहिं पबित्र होलिडे सुरु हुनु अगाडीको इभ (All Hallows' Eve) का दिन यसलाई मनाउने गरिएको पाइन्छ। खराब कुराहरु सकिएर पवित्र दिन सुरु हुने अर्थमा यसको सुरु गरिएको पाइयो।

चर्चित कलेक्शन ब्रिटानिकाका अनुसार यसरी लेखिएको छ: Halloween, contraction of All Hallows’ Eve, a holiday observed on October 31, the evening before All Saints’ (or All Hallows’) Day. The celebration marks the day before the Western Christian feast of All Saints and initiates the season of Allhallowtide, which lasts three days and concludes with All Souls’ Day.

तर आजकल यसलाई धार्मीक भन्दा पनि एक मनोरंजन र “स्केरी एण्ड फनी” को रुपमा मनाउने गरिएको छ। बच्चाहरुको लागि चाहिं Halloween “Trick-or-treat!” भन्ने क्याण्डि फेस्टिभलको रुपमा चर्चित छ। हलोविन आजकल पम्किन (फर्सी) चाडको रुपमा पनि चिनिन्छ। पिउने कफी, क्याण्डी, केक इत्यादी पनि फर्सीका परिकारमा रुपमा पाइन्छन। हलोविनको दिन लगाउने पहिरनहरु पनि पाइन्छन।यो दिन “Bobbing for Apples” (ठुलो बाटामा पानी भरेर स्याउ हालेर मुखले टोकेर निकाल्ने) खेल पनि मनाइन्छ।