-नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन डिसेम्बर ५ मा, प्रधानमन्त्री प्रमुख अतिथि

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन डिसेम्बर ५ मा, प्रधानमन्त्री प्रमुख अतिथि

Hollywood Khabar December 04,2021 Comments

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन यहि डिसेम्बर ५, २०२१ बिहान ९:०० बजे न्यूयोर्क समयमा जुममा सुरु हुने भएको छ।

समितिका सभापति तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य (आमन्त्रित) आनन्द बिष्टले दिएको सूचना अनुसार उद्घाटन सत्रका प्रमुख अतिथि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा रहेका छन्। त्यसैगरी अन्य अतिथिहरुमा महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रिय सदस्य बिरबहादुर बलायर, जनसम्पर्क समन्वय बिभाग प्रमुख गोविन्द भट्टराई, केन्द्रिय प्रतिनिधि नारायण सुवेदी, नेता नैन सिंह महर रहेका छन्।

यसपूर्व हिजो राति नेपाली कांग्रेस पार्टीले एक पत्र लेखेर जनसम्पर्क समिति अमेरिकालाइ अधिवेशन डिसेम्बर ५, २०२१ मा गर्न निर्देशन दिएको छ। पार्टीको बिधान अनुसार यो अधिवेशन सम्पन्न नगरे महाधिवेशन प्रतिनिधि चयन हुने छैन। पार्टीको पत्रमा नवीकरण ३९५ र नयाँ २०६६ गरि जम्मा २४६१ जना कृयाशील सदस्य रहेको उल्लेख गरिएको छ।

सभापति बिष्टले पोष्ट गरेको सूचना यस्ताको तस्तै:

नेपाली जनसम्पर्क समिति,अमेरिकाका आम सदस्य एवं शुभेच्छुक साथीहरु, जय नेपाल !

मातृपार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छौं हामी यतिबेला। महाधिवेशनमा प्रतिनिधित्वका लागि पार्टीले केन्द्रीय प्रतिनिधि तोकी भोली डिसेम्वर ५ तारिख आइतवार नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन सम्पन्न गर्नका लागि परिपत्र जारी भएको छ।

अत्यन्त छोटो र अन्तिम घडीमा हामी तपाईंहरुलाई अधिवेशनमा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं। नेपाली कांग्रेसको विभिन्न तह र निकायमा रही काम गर्दै हाल अमेरिकामा रहनु भएका सबै जिम्मेवार साथीहरु, नेपाली जनसम्पर्क समिति,अमेरिका स्थापनाकालदेखि हालसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएका अग्रज साथीहरु, पूर्व महाधिवेशन र महासमिति सदस्यहरु, जनसम्पर्क समिति अमेरिका केन्द्रीय समिति र च्याप्टर समिति अनि क्रियाशील सदस्य साथीहरुसहित सबै तहका सदस्य मित्रजन एवं अमेरिकास्थित आम कांग्रेस शुभेच्छुक र शुभचिन्तक अग्रज एवं सदस्य साथीहरुलाई नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउबाज्यूको प्रमूख आतिथ्यमा हुने भोलीको अधिवेशन उद्घाटन समारोहमा सहभागिताका लागि नेपाली जनसम्पर्क समिति,अमेरिकाको तर्फबाट हार्दिक आमन्त्रण गर्दछु।

मिति: डिसेम्बर ५, २०२१ आइतबार

समय: बिहान ९:०० बजेदेखि (न्यूयोर्कको स्थानीय समय) साँझ ७:४५ बजेदेखि (नेपालको समय)

जय नेपाल

आनन्द विष्ट

सभापति, नेपाली जनसम्पर्क समिति एवं आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस

डिसेम्बर ४, २०२१