-भारतीय नागरिक तथा र एजेन्ट कैलाश सिरोहिया

११ भाइका एकै भाउ, सेटिङ्ग-ब्ल्याक्मेलिङ्गका कैलाश भाउ

Hollywood Khabar February 11,2023 Comments

अर्पना/फेब्रवरी १२, २०२३

अर्पनाको नामबाट धेरै पटक लेख र समाचार आउने गरेपछि यो पटक व्यस्त समय भएता पनि सबै पढे। मेरो मिडियाको डिश्क्लेमरमा उल्लेख गरिएकै छ। औपचारिक रुपमा इमेल या कुनै माध्येमाबाट आएका लेख, समाचार इत्यादी श्रोत नखोली या खोलेर पनि सम्प्रेषण गर्न सकिन्छ। अर्पना जो कोहि भएपनि उहाँको यो लेखनलाइ केहि संपादन गरेर आज सम्प्रेषण गरेको छु।

लेख बिशेष गरेर भारतीय नागरिक कैलाश सिरोहिया र उनको नेतृत्वमा बिभिन्न आर्थिक तस्कर र सर्व साधारणसमेतको लगानी रहेको कान्तिपुर मिडिया हाउसप्रति लक्षित छ। यथार्थमा कैलाश भरतीय नागरिक मात्र होइन उनि भरतीय जासुस संस्था र का एजेन्ट हुन्। त्यो कुरा पनि संगै जोडिएर आउने कुरा हो। बाँकी उहाँको लेखनबाट। एउटा भारतिय नगरिकले नेपालमा आएर को नेपाली हो को होइन भनेर सेटिङ्ग गर्ने, घोषणा गर्दा चुप बस्ने नेपालका राजनैतिक दलहरुको हति होइन बाउ पनि भारत नै हो भन्ने प्रष्ट हुन्छ।

नेपाली संचार क्षेत्रमा कैलाश सिरोहिया सहति १२ भाइका भनि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेद्वारा खुलस्त गरिएका कैलाश सेटिङ्ग अनि ब्ल्याक्मेलिङ्गका नाइके पनि हुन्। नेपाली पत्रकारिता क्षेत्रको नाङ्गो रुप रबिको पत्रकार सम्मेलनले देखायो, नेपाल मात्र होइन नेपालीहरुको बिश्व समुदाय नै हल्लायो। १२ भाइलाई नाङ्गो हुनेगरी प्रस्तुत गर्ने हिम्मत रविले गरे त्यो प्रसंसनिय छ र भएको पनि छ।

यसपछि प्रतिक्रिया दिनेहरुको बजार धानी नसक्नेभयो। नेपालका राजनेताहरुको ज्यान नै असुरक्षित देखियो। कैलाश भन्ने भारतीय गिरोह नाइकेले उल्टा मुसा भएर स्पष्टिकरण दिनुपर्यो। केहि पछि १२ भाई मध्ये केहिको प्रष्टिकरण र रबि प्रति प्रश्न पनि तेर्स्याए। तर बिजयकुमार पाण्डेले यथार्तलाइ सबै सामु सामान्य भाषामा पस्किदिए। उनले भने, रबिले आफ्नो आगो १२ भाईलाई सल्काएको र ति १२ भाईलाई आत्मा समीक्षाको मौका दिएको भनेर घुमाउरो हिसाबले १२ भाई प्रति रबिले लगाएको आरोप सहि हो जस्तोको संकेत दिए।

१२ भाई मध्ये नाइके भएकाले बढी तारो कैलाश थिए र बने। उनै नाइके कैलाश सिरोहियाको छोरा सम्भब सिरोहियाको सामाजिक संजाललाइ प्रयोग रबिलाई जवाफ फर्काए। तर पनि दुनियाँले सुनेको सत्यमा धमिलो पोत्दै सुकिलो हुने कुनै गुञ्जायस रहेन र रहनु पनि पर्दैनथ्यो। फेरी, बिजय कुमारको युबट्युब हेर्दा पुन:१२ भाई काला कर्तुत गर्नमा लागेको र देशमा भ्रष्टिकरणमा संलग्न भएको गुमाउरो हिसाबले आयो।

यति मात्र होइन चर्चित पत्रकार पी खरेलले त १२ भाईहरु काला धन्दामा लागेको युबट्युब अन्तर्वार्तामा प्रष्ट्याई दिए। सामाजिक संजाल तातिराखेको अवस्था छ। धनाढ्य अजय सुमार्गीले कैलाशबाट पाएको पिडा र अपहरण समेतको भिडियो त भाइरल नै भएको छ।

पुस्तौं उद्योग, ब्यापार र ब्यबसाय गर्दै आएका बिनोद चौधरी भन्दा सामान्य मिडिया पार्लर चलाउने ऋषि धमलाको आर्थिक हैसियत कसरी बराबर भन्ने प्रश्न उठेको छ। उनको बिषयमा अनन्य मामला त छल्किएको नै छ। धमलाले आफ्नो पक्षमा बोल्न र शान्त गराउन पैसाले बुजो लगाए भनेर भनि नसक्नुको स्थिति छ।

पी खरेलका अनुसार त कैलाश सिरोहियाले राज्यको सबै अंगलाई तर्साएर, थर्काएर, फ़ुर्काएर र चाकडी गरेर देशलाई लुट्नु सम्म लुटेको खुलासा छ। उनले गुण्डागर्दी गरेर सबै असम्भब कुरा सम्भब बनाएका खुलासा छन्।

यस्तो गुण्डागर्दी गर्दा पनि राज्य मौन किन? पुरा राज्य लाज छोपेर कैलाश सिरोहियाको पुरो खाएर बसेको छ ? बिगतका कर्तुत खोल्ने धम्कि पछि नेपाली कांग्रेस सल्बलायो। नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापा, एनआरएनका पूर्व अध्यक्षहरु जिबा लामिछाने र डा उपेन्द्र महतो जस्ता तस्करहरु पनि कैलाशकै पार्टनर छन्।

यो पनि देखियो अबैधानिक तरिकाले कान्तिपुरको ब्यापार बढी तर अन्तशुल्क तिर्ने गोरखापत्र रहेछ। यहाँ सम्मकी अदालत समेतलाई सेटिङ्ग गर्ने बनाएर राखेको छ। प्रधानन्यायधिस नै मुसा बनाएर घर पठाउने क्षमता एउटा व्यक्तिको हुनै सक्दैन। यसमा भारतीय र को योजना लागु भएको छ।

निज सिरोहिया देखि नतर्सिने कोहि रहेनछन्। कर्मचारीतन्त्र देखि नेता र न्यायालय सबै। त्यहि भएर रहेछ अहिले केहि नेताले मुटु माथि ढुंगा राखी बोल्नु पर्याछ भन्ने शैलीले मिडियाको बचाउ गरेर बोलेको देखिन्छ। यथार्थमा माषिक रुपमा भारतीय दुतावासबाट हण्डि र एजेन्ट भत्ता लिने सामय अनलाइन, यूट्यूबर, कर्मचारी देखि मन्त्रीसम्म २२०० भन्दा धेरै भएको खुलासा त ५ बर्ष पहिला नै आएको हो। समरणिय कुरा त्यो भुक्तानी त्यो भुक्तानी भारतले उताबाट होइन नेपालमा नै उठाएर दिने हो। प्रश्न उठ्ला कसरी ?

कुनै मुद्दा पाएपछि या नभए बनाएर भएपनि दर्ता गराएर ब्ल्याकमेलिङ्ग गर्ने र रकम लिने, बिज्ञापन नपाएपछि पत्रकारहरु पछि लगाई त्यो संस्थाको सात्तो लिने, देशी-बिदेशीबाट रकम-कमिशन लिने आदि गर्छन। यसमा मेरो मात्र आरोप होइन बिजयकुमार र पी खरेल, अजय सुमार्गीर, डा सुरेन्द्र के.सी र रवि सबैको त्यहि आरोप छ। त्यसैले राज्यमा पहुँच बढाएर कैलाश सिरोहियाले फौजदारीको अपराधिक काम पनि रेकर्डबाटै मेटाउन सफल भएको छ। यो सबै दृश्य देख्दा म नेपालमा भ्रष्टाचार नियन्त्रणमा पत्रकार जगत बाधक भएको देख्छु।