काठमाण्डौंको उत्तरढोकामा खुल्यो वाइन, बियर र लिकर मार्ट

Hollywood Khabar May 25,2017 Comments

काठमाण्डौंको नारायणहिटी दरबारको उत्तर ढोकामा अवस्थित सडक खण्डमा मदिराको नयाँ मार्ट सञ्चालनमा आएको छ।

फ्रेस लिकर ल्याण्ड कम्पनीले उक्त मदिराको नयाँ मार्ट सञ्चालनमा ल्याएको हो । स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरु पाईने उक्त मार्टमा विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। उक्त मदिराको मार्टमा १० देखि २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको जनाईएको छ। 

अष्टेलियामा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली सुनिल साहले उक्त मार्ट खोलेका हुन्। युरोप र अष्टेलियामा पाईने मदिराका विभिन्न ब्राण्डहरु मार्टमा राखिएको साहले जानकारी दिए। उक्त मार्टमा करिब चार करोड बराबरका मदिराहरु बिक्रीका लागि राखिएको साहले बताए। फ्रेस लिकर ल्याण्डको नाममा स्थापित उक्त मार्टमा विदेशी वाईन, बियर, हार्ड ड्रिंक्स र सफ्ट ड्रिंक्सहरु उपलब्ध छ। 

काठमाडौंको उत्तर ढोकामा मात्रै नभई अन्य विभिन्न स्थान र ललितपुर साथै चितवनमा समेत चेन मार्केटका रुपमा मदिराको मार्ट विस्तार गर्न लागेको साहले जानकारी दिएका छन्। आम उपभोक्ताहरुलाई सस्तो मूल्यमा मदिराहरु बिक्री गर्ने उद्देश्यले यस्तो मार्टको अवधारणा ल्याईएको साहले बताए । साहले भने, ‛ हामीले सस्तो मूल्यमा गुणस्तरीय वाईन र अन्य ड्रिंक्सहरु आम उपभोक्तालाई उपलब्ध गराउने उद्देश्य राखेका छौं।