ठमेलको एक कफी सपमा तीन चार जनाका तन्नेरीहरुको हुल हिमालय जाभामा कफी खान छिरे।उनीहरु कफी सपको एउटा कुनामा रहेको चारजना अट्ने टेबुलमा गएर बसे।उनीहरु बट्ठने बित्तिक्कै एउटी बाईस चौबिसकि चिटिकुक जिउडाल मिलेकी मान्छेले हेर्दा नै घुटुक्क थुक ननिली नसक्ने षोडसी आइन र सोधिन हजुरहरुको अर्डर भैसक्या हो?उनले यति सोध्न भ्याइसक्दा उद्घोष र उद्गारले ती नानीको शीर देखि पाउसम्मै नियाल्न भ्याएछन् सायद त्यहि भएर मुसुक्क हाँसेर आँखा झिम्क्याउदै दुई वटा अमेरीकानो दुई वटा क्यापीचिनो अहिलेलाई यति नै है।हवस सर भन्दै उनी गएसी मैले उद्गारतिर हेर्दै क्याहो आशय– – – – कुन्नी के जाती गर्न नि भ्याइस है कति छिटो मान्नु पर्छ । यति भन्न नभ्याउदै मसंगै रहेकी मेरी फूपुकी छोरी बहिनी भने लाजले भुतुक्क हुदै भन्दै थिइन तिमीहरु केटाहरुलाई अलिकतिनि लाजशरम छैन है। यसरी गफीदै गर्दा कफी आइपुग्यो।
कफीको सुर्को लिदै उद्घोषले भन्न भ्याइहाल्यो हाम्री दिदीलाई जोगाउन पो गाह्रो हुने भो हाम्रा दाईलाई। हाम्री दिदी साह्रै राम्री,जति हेर्यो उति हेरुँ हेरुँ लाग्ने कहिल्यै आँखा नथाक्ने सुन्दरी।ब्यापारी देखि नेतासम्म जसले एक पटक देख्छ,एकपल्ट कुरा गर्छ,जो भो नजिकिन खोज्ने,एकछिन भएनि बसेर मस्केर आँखामा आँखा मिलाउँदै गफ्फिन खोज्ने हाम्री दिदीसंग।हाम्री दिदीमाथि आशय दृष्टी नपरेका त कोहि नहोला।एक पल्ट हात मिलाएरै भएनि दुर-आशय ले छुन खोज्ने। कफीको सुर्को लिदै गफमा मस्त हुदै गर्दा ती कुरा सुन्दा म र बहिनी एकछिन चुप रह्यौं साँच्चै मैले त उनलाइ यो पाटोबाट हेरेकै रहेनछु।जबकि हाम्रा छोराछोरी रहरको हो भने बिहे गर्ने उमेर भैसक्थ्यो।तै पनि मेरी बहिनीमाथि दुनियाँका गिद्दे दृष्टी अझै पर्न छाडेको छैन। जति जति उनको सुन्दरताको पारखी दुनियाँका आँखा छन् भन्ने बुझ्दै गएँ म साह्रै पिरोलिन थालेको छु।तै पनि उनीको जीवनको उत्तरार्धमा आएर घर बिग्रिएकी उनलाई काठमाण्डौंमा स्थापित गर्न देखि सबै मैले नै एउटा अभिभावक बनेर हर तरहको प्रयास गरिरहेको छु उसको खुशीको लागि।उ प्रतिको अगाध माया र बिश्वासले उसलाई एक्लै दुनियाँसंग लड्ने र बोल्ड भएर अघि बढ्ने हिम्मत बढाइरहेको छु।मेरो मनको भाव बुझेर उनले भनिन हजुर मेरो अभिभावक हो म अरु जान्दिन बस।काम लिन ब्यापार व्यवसाय चलाउन उपयोग गरेको हाँसो बोली बचनमा कोहि मै भनेर मस्किइ मसंग मख्ख परि भनेर गलत बुझ्छन् भने मेरो के दोष? भनिस्यो त।
दुनियाँले ओइराएका आशय दृष्टीले मलाइ र हजुरप्रतिको मेरो आदर र आस्था अनि बिश्वासमा अलिकतिनि आँच आउदैन।म मात्र हजुरकि बहिनी हुँ,अनि हजुर मात्र मेरो अभिभावक सक्कगो त।के घोर्रिराख्या। म निहुरिएको देखेर उद्गारले भन्यो भएन दाई एउटा राम्रो धनाढ्य नेतालाई क्आशय ज्वाईं नबनाई भएन।यसपाली त एउटा न एउटा हाम्री बहिनीलाई आशय ज्वाईं खोजियो खोजियो।हैन आशय करणी भन्ने त सुन्या थिएँ तर यो आशय ज्वाईं भन्या के हो यो उद्गार?यस्ती राम्री श्रीमती मेरो भैदिएको भए क्या मज्जा हुन्थ्यो भनेर घुटुक्क थुक निलेर हाम्री बहिनीलाई हेर्नेलाई अब छाडिन्न च्याप पारिन्छ तिमि हाम्रा आशय ज्वाईं हौ नमानी सुख पाउन्नौ भनेर यसपाली दशैमा टिको लाईन्छ।अनि ती नेताबाट मस्त फाईदा उठाईन्छ ।आखिर आशय ज्वाईं हाम्रै हुन क्यारे !भन्दै उद्गार मस्तले हाँस्यो ।यता मेरी बहिनी पिलपिलाउँदो मुख लाएर हजुरहरुले मलाई जहिले उल्ली बिल्ली लाईसिन्छ मलाई जिस्काउँदा हजुरहरुलाई मजा आउँछ है भन्दै आँखा रसिलो बनाई।यसतैमा सबैको कफी नि सकिएछ।उद्गार उठेर बिल तिर्न गयो म भने उसलाई सम्झाउँदै कफीसपबाट तल ओर्लिएँ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु