-Bal Kumari Ghimire

गजल:खलिल मुरब्बा

Hollywood Khabar October 12,2022 Comments

-बालकुमारी घिमिरे, गजलिका, अक्टुवर, २०२२

 

नीतिका कुरा गर्दछन् उनी

स्वच्छ चेतना छर्दछन् उनी।

 

राष्ट्र भावका गीत गाउँदै

टोलमा देखा पर्दछन् उनी

 

दु:खमा भलो गर्न पाउँदा

आफ्नो भोक नै हर्दछन् उनी।

 

देशको सुरक्षा मिलाउन

खुब अगाडि नै सर्दछन् उनी।

 

लाग्छ यी सबै कर्मले सिधै

नर्क लोक पनि तर्दछन् उनी।

बालकुमारी घिमिरेका साहित्य रचनाहरु

दायाँ छ खोला बायाँ छ खोला बिचमा जिन्दगी

कोपिला डाली

विराग

गद्य कविता-तीज!

नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत