-Bal Kumari Ghimire

कोपिला डाली

Hollywood Khabar October 02,2022 Comments

-बालकुमारी घिमिरे, गजलिका, अक्टुवर २, २०२२

नयाँ नाना लाउने हो दशैंमा

हजुर आमाको हातको टीका लगाउन

मामाघर धाउने हो दशैंमा

शहरबाट दिदी पनि आउने रे

हिजोमात्रै खबर यस्ताे आएको थियो

मलाई नयाँ जामा ल्याउने रे

कानमा पहेंलाे सिउरेर जमरा

बाबा र आमाको हातको टीकासँगै

खुसीले थापिन्छ निहुरेर जमरा

रसिता गीता भएर खेल्ने हाे

टीकाको दिन मैदान गाउँमा जाआैँला

मज्जाले पिङ गएर खेल्ने हो

मच्चिन थालेकाछन् यस पालि पनि

छर छिमेक साथी भाइ मिलेर सधैं जस्तो

लिङ्गेपिङ हालेकाछन् यस पालि पनि

बालकुमारी घिमिरेका साहित्य रचनाहरु:

विराग

गद्य कविता-तीज!

नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत