-मनि लण्ड्रिङ्ग छोप्न एनआरएनए युके फुटाइयो, कालो झण्डा देखेर कुलले ठोके कुलेलाम

मनि लण्ड्रिङ्ग छोप्न एनआरएनए युके फुटाइयो, कालो झण्डा देखेर कुलले ठोके कुलेलाम

Hollywood Khabar October 20,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको च्यारिटी ४० हजार पाउण्ड भन्दा धेरै पैसा गैरकानुनी रुपमा लण्ड्रिङ्ग गरेर नेपाल पुर्याउने गिरोहले एनआरएनए युकेलाइ नै फुटाएका छन्।

एनआरएनए आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्य, एनआरएनएका पूर्व महासचिव हेमराज शर्मा तथा पूर्व आइसीसी सदस्य रामशरण शिम्खडा र बेलायतका केहि किर्ते र खराब तत्वको गिरोहले आफ्नो अपराध छोप्न एनआरएनए युकेलाइ नै फुटाएका छन्। बेलायतको च्यारिटी ट्रष्टमा दर्ता भएको एनआरएनए युकेको पैसा १००% च्यारिटी बाहेको अन्य काममा खर्च गर्न पाइंदैन। तर सो रकमलाइ गिरोहाले लण्ड्रिङ्ग गर्दै नेपाल पुर्याएको हो।

अदालत र च्यारिटी ट्रष्टमा निवेदन दर्ता भएको अवस्थामा बचाउको लागी यस्तो गरिएको एनआरएनए युकेका पदाधिकारीहरु बताउँछन्। नाटक मन्चन स्वरुप विशेष अधिवेशनको नामबाट सानो झुण्ड जम्मा भएर संस्था फुटाएको घोषणा गरेका छन्। तर सो बिषयलाइ एनआरएनए बेलायतले गम्भिर आपत्ति जनाएको छ।

अक्टुवर २०, २०२२ विहिवार एनआरएनए युकेले एक विज्ञप्ती जारी गर्दै केही व्यक्तिहरुको भेलाबाट अधिवेशनको नाममा संस्था फुटाएको भन्दै गरेको प्रचाप्रति आपत्ती जनाएका छ। संघका उपाध्यक्ष भरतमणी चोङबाङले प्रेस बक्तब्य जारी गर्दै महाधिवेशनबाट निर्वाचित समितिको कार्यकाल बाँकी रहदै आर्थिक घोटलामा संलग्न व्यक्तिहरुले घोटलालाई ढाकछोप गर्न अधिवेशनको नामममा संस्था फुटाएको जनाइएको छ। विज्ञप्तिमा कार्यसमिति भित्र र बाहिरका व्यत्तिहरूले पद लोलुपतामा कोठे भेलाबाट अधिवेशनको नाम दिएर पदको स्वघोषणा गर्दै संस्था फुटाउनुको साथै अवान्छित क्रियाकलापहरू गरेको आरोप पनि लगाएका छन।

निर्वाचित कार्यसमिति या अध्यक्षलाई हटाउनु परे अर्को महाधिवेशन या बिशेष परिस्थितिको प्रतिकुल समयमा बिशेष महाधिबेशनले मात्रै हटाउन सक्ने भएपनि आर्थिक घोटलामा संलग्न भएका र पदका लालसामा परेका, साधारण सभाबट नै निलम्बितहरुले संस्था फुटाएको कुरा बक्तब्यमा उल्लेख गरिएको छ। साथै अध्यक्ष बिरूद्व अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गर्ने र अध्यक्ष पदमुक्त भएको भनेर नक्कली पत्र बनाएर झुटा प्रचार गरी समाजमा अफवाह फैलाउने काम गरेको जनाएका छन।

संघद्धारा जारी गरिएको विज्ञप्तीमा नक्कली पत्रकै आधारमा आर्थिक घोटलामा परेका बर्खास्तमा परेका उपाध्यक्ष सुनिलबाबु खडकाले घोटलालाई ढाकछोप गर्न कोठे बैठकमा बसेर आफै अध्यक्षमा आफै घोषणा उल्लेख छन। यति मात्र होइन प्रेम गाहामगरसंग अध्यक्षमा पराजित भएका दीपक श्रेष्ठ आफै उपाध्यक्षको घोषणा गर्नु जनमतको खिल्ली उडाउने काम समेत भएको छ। अबैधानिक तवरले संस्था कब्जा गर्न खोजेकोमा कानुनी लडाई लडने र भ्रष्ट्राचार गरेको पैसा समेतको छिनो-फानो गरिने कुरा सेमत उल्लेख गरिएको छ।

यसका साथै सो भ्रष्ट भेलामा राष्ट्रिय सभाका अध्यक्ष समेतलाइ लिएर जान लागेका कुल आचार्यलाइ कालो झण्डा देखाउने सुन्ने बितिक्कै उनि भागेर गएको कुरा समेत एनआरएनए युकेका पदाधिकारीहरुले जनाएका छन्। कुल आचार्यले पूर्व अध्यक्षहरु उपेन्द्र महतो र जिबा लामिछानेसंग मिलेर गत मार्चमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापालाइ प्रलोभन दिएर, प्रधानमन्त्री समेतलाइ झुक्याएर, शक्तिको दुरुपयोग गरेर एनआरएनए आइसीसीको सम्मेलनबाट भागेर गएका थिए।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए युकेका उपाध्यक्ष कँडेलको पद र सदस्यता दुवै चैट हुने

एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष खड्का पनि संलग्न

एनआरएनए युकेद्वारा आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्यको सदस्यता खारेज

एनआरएनए युकेका कोषाध्यक्ष खरेल ३९ हजार पाउण्ड अपचलन गरेकाले बर्खास्त

एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित