मलेसिया सरकारले गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिन

Hollywood Khabar January 16,2017 Comments

मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ ।मलेसिया सरकारले अब अवैध कामदारलाई अस्थायी वर्कपास लिएर काम गर्न सक्ने गरी नयाँ ब्यवस्थाको घोषणा गरेको हो ।मलेसियमा अवैधानिक रुपमा रहेका हजारौं नेपाली कामदारलाई पनि राहत मिल्ने भएको छ।
मलेसिया सरकारले तत्काललाई ४ वटा क्षेत्रमा विदेशी कामदार लिन सुरु गर्ने निर्णय पनि गरेको छ ।कामदारको अत्यधिक अभाव देखिएका खानी उत्खखन, कृषि, टुरिजम तथा हस्पीटालिटी, कार्गा ह्याण्डिङ क्षेत्रमा मलेसियाले थप विदेशी कामदार लिने भएको हो । यो क्षेत्रमा सन् २०२० सम्मलाई मात्रै कादार लैजान पाइनेछ ।
।विभिन्न क्षेत्रमा कामदार अभाव भएको र उद्योगहरुको सञ्चालनमै अवरोध पुगेको गुनासो बढ्दै गएपछि सरकारले अवैधानिकलाई अस्थायी श्रम अनुमति दिन लागेको उपप्रधानमन्त्री डा. अहमद  जाहिद हमिदीलाई उद्धृत गर्दै द स्टार अनलाइनले लेखेको छ।
अवैधानिक कामदार अब विना कुनै दण्ड तथा जरिवना त्यहाँ थप केही समय वैधानिक बनेर काम गर्न पाउनेछन् ।मलेसियाका उपप्रधानमन्त्री डा. हमिदीले अध्यागमन विभागले त्यस्तो वर्क पास जारी गर्ने बताउनु भयो  ।
महान्याधिवक्ताको कार्यालयले एउटा वैधानिक मार्ग र प्रक्रिया निर्धारण गरेपछि अस्थायी वर्क पर्मिट दिने काम सुरुहुने उपप्रधानमन्त्री हमिदीले बताउनुभयो ।