-एनआरएनए मलेसीयामा चुनाव लाग्यो, शाहद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

एनआरएनए मलेसीयामा चुनाव लाग्यो, शाहद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

Hollywood Khabar June 01,2021 Comments

मलेसिया, जुन २, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मलेसियाका पूर्व अध्यक्ष एवं बर्तमान आईसिसि सदस्य महेन्द्रजंग शाहले एनआरएनए एनसीसी मलेसियाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

जुलाई २५, २०२१ मा हुने महाधिबेसनमा शाहले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन। मलेसियाका सफल ब्यबसायी समेत रहेका शाह नेपाली समुदायमा आई पर्ने बिभिन्न समस्याहरुमा होस्टेमा हैसे गर्दै सँगै हिड्ने सामाजिक ब्यक्ति पनि हुन। बिभिन्न नेपाली संघ संस्थामा आबद्ध हुदै बिगतमा एनआरएन मलेसियाको अध्यक्ष हुदै एनआरएनको आइसिसि सदस्य रहि यस अभियानमा लाग्दै आएका शाहले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन।

एनआरएनए अभियानसंगै बिभिन्न सामाजिक कार्यमा अगुवाको रुपमा लागी पर्ने शाहले एनआरएनए मलेसियाको अध्यक्ष रहदा धेरै नै उत्कृस्ट कार्य गरेका थिए।आगामी कार्यकालमा शाहले आईसीसीसँग सहकार्य गर्दै अगाडी बढने र मलेसियामा दुख पाएका श्रमिक बर्गको हक अधिकारको लागी कार्य गर्ने बताए। मलेसियामा एनआरएनएका गतिविधि हुन नसकीरहेका क्षेत्रहरुमा समेत एनआरएनएलाई संगठित गराउँदैं क्षेत्रिय समन्वय परिषद गठन गर्ने भुमिकामा जोड दिने र त्यसै गरि मलेसियाको बिभिन्न क्षेत्रमा बस्ने नेपालीलाई पर्ने समस्याको समाधान गर्ने उनले बताए ।

एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेलिरहेको एनआरएनए मलेसियाले एनसिसीमा बढी भन्दा बढी नेपालीलाई संगठित गर्न यहाँ अबस्थित सबै संघ सँस्थासँग सहकार्य गरेर अगाडी बढाउने शाहको योजना रहेको छ। शाहले आफु अध्यक्ष हुदा ल्याएका धेरै योजनाहरु सफल बनाउन बाकि रहेकाले पुन एक कार्यकाल अध्यक्षमा उम्मेद्वारी दिएको र आफ्नो कार्यशैलीलाई हेरेर मलेसियामा रहेका नेपालीहरुले आफुलाई बिश्वाश गर्ने बताए।

शाह आगामी निर्बाचनमा एनआरएनए मलेसियाको अध्यक्षमा बिजय हुनेमा आशाबादी छन। शाहको उम्मेद्वारी घोषणासँगै एनआरएनए मलेसियामा चुनाबी अभियान बढेर गएको छ पूर्व अध्यक्ष शाहले नै पुन उम्मेद्वारी दिएपछि अध्यक्षमा निर्बिरोध निर्बाचित हुने सम्भाबना बढेर गएको छ। उनलाई मलेसियामा रहेका बिभिन्न राजनीतिक दल,बिभिन्न संघ सँस्था र एनआरएनए अग्रजहरुको समर्थन रहेकाले उनि निर्बिरोध निर्बाचित हुनेमा ढुक्क छन । शाहले सामाजिक काम गर्नको लागी आफु अगाडी सरेकाले सबैलाई साथ सहयोग गर्न आग्रह गर्दै आफुलाई निर्बिरोध निर्बाचित हुनेमा ढुक्क रहेको बताए।

शाहसँगै आगामी कार्यकालको लागी सुन्दर आले र बिनोद थापाले इच्छा व्यक्त गरे पनि उम्मेद्वारी भने दिएका छैनन। शाहलाई नेपाली जनसम्पर्क समिति मलेसियाले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा अगाडी बढाउने भएको छ। एनआरएनए एनसीसी मलेसियाको आगामी कार्यकालको पदाधिकारीको लागी टेकराज टमाटा, सुनिल चालिसे, हेमराज सापकोटा, नेत्र के सी, रंजित क्षेत्री, कृष्ण नेपाल, राकेस महतो, अरुण गिरि, श्रद्दा देवान लगाएतले इच्छा प्रकट गरेका छन।